१ कार्तिक २०८३, आइतबार

चुरे क्षेत्रमा अतिक्रम गरी निर्माण गरेका ४९ घर–टहरामा वन कार्यालयले आगो लगायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

00000

राजेन्द्र ठगुन्ना
डडेल्धुरा २ पुस । जिल्लाको चुरे क्षेत्रमा अतिक्रम गरी निर्माण गरेका ४९ घर–टहरा जिल्ला वन कार्यालय डडेल्धुराले हटाएको छ । जिल्ला वन कार्यालय डडेल्धुराका वन अधिकृत कृष्णदत्त भट्टको नेतृत्वमा गएको संयुक्त टोलीले डडेल्धुरा जिल्ला परशुराम नगरपालिका–६ कौवानी क्षेत्रमा जंगल अतिक्रमण गरी वनाइएका घर–टहरा जलाइएको हो ।

अवैधानिक रुपमा जंगल अतिक्रमण गरी घर टहरा खाली गर्न जिल्ला वन कार्यालय डडेल्धुराले सूचना जारी गरेपछि अतिक्रमण गरि बनाएका घरटहरामा आगो लगाएको  जिल्ला वन कार्यालय डडेल्धुराका वन अधिकृत भट्टले जनाकारी दिनुभयो ।

कौवानीको पहाडका विभिन्न स्थानमा दशौँ वर्षदेखि जंगल अतिक्रमण गरेर वसेकाहरुको अन्य स्थानमा समेत घर जमिन भएकाले हटाउनका सहज भएको भट्टको भनाई छ ।

fire

उक्त क्षेत्रमा १५ हेक्टर जमिन खाली गराइएको  हो । डडेल्धुरा जिल्लामै अतिक्रमण हटाउने अभियान संचालन गरिहेको जिल्ला वन कार्यालय डडेल्धुराले जिल्ला स्थित राजनीतिक  दलहरुको सहयोगका आधारमा मात्रै अतिक्रमण  क्षेत्र हटाइरहेको  छ ।

यसैगरी जिल्ला वन कार्यालय डडेल्धुराले रुपाल गाविससहित अन्य क्षेत्रमा समेत अतिक्रमण भएको क्षेत्रको पहिचान गरिहेको छ । अतिक्रमण गरेको क्षेत्रलाई पहिचान गरेर जिल्ला स्थित राजनीतिक दलहरु र अन्य सरोकारवाला निकायसँग छलफल गरेपछि मात्रै हटाइने स भट्टले बताउनुभयो ।