१ कार्तिक २०८३, आइतबार

कानुनमन्त्री भन्छन् प्रिय पूजा दोषीलाई कारबाही हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narahari-Acharyaप्रिय पूजा

तपाईले २०७१ पुष १ गते कान्तिपुरमा मलाई सम्बोधन गरेर लेख्नुभएको पत्र पढेर म स्तब्ध भएँ।

तपाईमाथि भएको चरम अमानविय र क्रुर अपराधको जति निन्दा गरेपनि कम हुन्छ। यस अपराधसँग जोडेर तपाईले उठाउनु भएको अदालती न्यायको निष्पक्षता माथिको प्रश्न मुलुकको न्याय र कानुनमन्त्रीको रुपमा मेरा निम्ति चिन्ता र चुनौतीको विषय बनेको छ।

बैतडी जिल्ला अदालतले बलात्कारका दोषी ठहर गरेर कैद र जरिवाना गरिसकेका ब्यक्तिहरुलाई पुनरावेदन अदालत बैतडीले केका आधारमा निर्दोष सावित गरेर छाडिदियो भन्ने कुराको यथार्य छानबिन गर्न मैले न्यायपरिषदका सम्माननीय प्रधानन्यायाधिशसमक्ष औपचारिक पत्र लेखेको छु।

मंगलबार बसेको न्यान्य परिषदको बैठकमा यस विषयमा गंभीरताका साथ छलफल भएको समाचारसहितका पत्र आजको कान्तिपुर दैनिकले छापेको छ।

मैले महान्यायाधिबक्ता कार्यालयमा पनि सम्पर्क राखेर तपाइको मुद्धाको वर्तमान अवस्थाबारे जानकारी लिएँ।

सम्मानित सर्वोच्च अदालतले तपाइलाई न्याय दिलाउने छ भन्ने मैले विश्वास लिएको छु ।