१ कार्तिक २०८३, शनिबार

संघीयतामा चीनको सुझाव मधेस केन्द्रित दलहरूको भन्दा फरक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinaकाठमाडौं, २ पुस । चीनले नयाँ संविधानमा राष्ट्रिय अखण्डता कायम राख्न उत्तर-दक्षिण जोडिएका थोरै प्रदेश बनाउनु उपयुक्त हुने सुझाव दिएको छ। जाति, भाषा, धार्मिक सहिष्णुता र सद्भाव नबिग्रने गरी संघीय संरचनासहितको संविधान निर्माण गरेर राजनीतिक स्थिरता कायम गर्न चीनले प्रमुख दलका नेतालाई सुझाव दिएको हो।

चिनिया कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागमा नेपालसहित दक्षिण तथा दक्षिणपूर्वी एसिया हेर्ने उपमन्त्री छन फङ सियाङले प्रमुख दलका नेतालाई सांकेतिक रूपमा यस्तो सुझाव दिएका हुन्।

उनी चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङ र विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमण गराउनुअघि राजनीतिक वस्तुस्थितिमा पुनर्ताजगी हुन नेपाल आएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘तपाईंहरूले नेपालमा जस्तोसुकै संरचना बनाए पनि राष्ट्रिय अखण्डता, समृद्धि र जातजाति र भाषाभाषीबीचको एकता महत्त्वपूर्ण हो’ छनलाई उद्‌धृत गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने।

चीनले धर्म परिवर्तन र जातीय पहिचानको प्रदेश बनाउँदा नेपालको राष्ट्रिय अखण्डता र राजनीतिक स्थिरता धुमिल हुन सक्नेतर्फ नेताहरूलाई यसअघि पनि सचेत गराएको थियो।

स्रोतका अनुसार चीन सकेसम्म नेपालमा उत्तर र दक्षिण जोड्ने कोसी, गण्डकी र कर्णाली तीन प्रदेशमात्र बनून् भन्ने चाहान्छ।

आई पिङले आठ महिनाअघि अवकाश लिएपछि उनको उत्तराधिकारीका रूपमा पहिलोपटक काठमाडौं आइपुगेलगत्तै छनले सोमबार एमाले अध्यक्ष केपी ओलीसहितका नेतासँग भेटवार्ता गरेका थिए।

छन नेतृत्वमा आएको नौ सदस्यीय चिनियाँ टोलीले मंगलबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला र नेकपा९माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गरेको थियो।

छनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र एमाले नेतासँग अन्नपूर्ण होटेलमा भेटवार्ता गरेका थिए।

उनले अन्य नेतासँग भने उनीहरूकै निवासमा पुगेर भेट गरेका थिए।