
-प्रदीप परियार
नेपाली समाजमा रहेको कुसंस्कार मध्येको जातीय भेदभाव भिन्न बन्दै गएको छ । हिजोको पुर्खाले गरेको भेदभाव र आजको नयाँ पिढीले गर्ने भेद्भाव फरक बनिरहेको छ । समाजिक रुपमा भेदभाव गर्नु दण्डनीय भएपनि अज्जिरहरुलाई कानुनको कुनै मतलव छैन । यहाँ कानुनको पालना गर्ने भन्दा पनि कुसंस्कारको संरक्षण गर्नु दायित्व सम्झिने गरिएको छ । जात, धर्म, वर्ण र लिङ्गका आधारमा भेदभाव गरेमा कानुनी कारवाहीको व्यवस्था राज्यले गरेको छ । जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ बनेको छ । नेपालमा विभेद विरुद्धको कानुन बनिसकेपनि कार्यान्वयनमा जटिलता देखिएको छ ।
परापूर्व कालमा अशिक्षितहरुबाट विभेदको सामना गर्नुपर्थ्यो । अहिले शिक्षितहरुबाट शिक्षित वर्ग नै विभेदको सामना गरिरहेका छन्
कुनै जमाना थियो, कथित उपल्लो जाति हिड्ने बाटोमा हिड्नै नमिल्ने । राजा नै मान्दिनु पर्ने । छोइछिटो गरेमा अमानवीय ढंगबाट कुटपिट गर्ने । छोइछिटोको घटनामा हत्यासम्म भएको छ । विशेष गरी नेपालमा पहाडे र मधेशी दलित छन् । उनीहरु बसोवास गरेको ठाउँ अनुसार विभेद भोगिरहेका छन् । अहिले पनि समाजमा विभेद्को पीडा भयानक छ । कथित उपल्लो जात भनिनेहरुबाट कथित तल्लो जाति जातकै आधारमा विभेद भोग्न बाध्य छन् । परापूर्व कालमा अशिक्षितहरुबाट विभेदको सामना गर्नुपर्थ्यो । अहिले शिक्षितहरुबाट शिक्षित वर्ग नै विभेदको सामना गरिरहेका छन् ।
अहिलेका किशोर– किशोरीमा प्रेम गरुञ्जेल जात हेरिदैन । जव विवाहको विषय उठ्छ, त्यहाँ जातको पनि कुरा उठ्छ । व्यवहारमा परिवर्तन भनेको विवाह हुनु हो
दलित समुदायले कसैको घरमा प्रवेश गर्न पाउनुलाई विभेद हटेको बुझ्ने गर्छन् । सँगै बसेर खाएमा पनि समानता सोच्ने गर्छन् । तर, त्यो विभेद हटेको होइन । मानसिक रुपमा विभेद गर्ने वर्ग, समुदाय छ, उनीको मानसिकता बदलिनुपर्छ । मेरो घर प्रवेश गर्न दिए, भेदभाव छैन भन्नु गलत हो । उसको जे स्वर हो, त्यहि विभेद लुकेको छ । किनभने उसको मानसिकतामा विभेदको जरो उस्तै हुन्छ । सँगै खानु, उठबस गर्नु विभेदको अन्त्य होइन । व्यवहारमा परिवर्तन अनिवार्य छ । अहिलेका किशोर– किशोरीमा प्रेम गरुञ्जेल जात हेरिदैन । जव विवाहको विषय उठ्छ, त्यहाँ जातको पनि कुरा उठ्छ । व्यवहारमा परिवर्तन भनेको विवाह हुनु हो । एउटा ब्राम्हणको छोरालाई कुनै दलितको छोराले जात जोडेर बोलाउदैन । तर, त्यो ब्राम्हणको छोराले जात जोडर बोलाउँछ । घर पस्न दिएकोमा, सँगै खाएकोमा ब्राह्मणमको छोराले जात जोडेर बोलाउँछ । यहि हो विभेद । किनभने उसमा जातको धङधङी हटेको हुदैन ।

दमाई भन्न पाउँदा त्यत्तिको मान्छेले गर्व गर्दा रहेछन् । अन्यको कुरा किन गर्नु । जो दुनियाँको प्रिय र चर्चित छन्, उनैबाट यस्तो व्यवहार पाएँ । जो जातले बोलाएर खुसी भइरहेका छन्
हाम्रो समाज शिक्षित बन्दै गएको छ । हिजोको पिढी अहिले ओझेलमा छन् । नयाँ पिढीको उदय भइरहेको छ । शिक्षित समाज भएपनि विभेदलाई अन्त्य गरौं भन्ने मानसिकता छैन । हिजोेको विभेदको शैलीलाई बदलिएको छ । हिजोको दिनमा भन्दा आजको दिनमा भइरहेको भेदभाव पीडादायी छ । आजकल रेला–ठट्मा विभेद गरिन्छ । प्याच्च भन्ने त्यसपछि रेला–ठट्टा गरेको भनेर टार्ने । एक जना वरिष्ट पत्रकारले फोन गर्नुभो । त्यो फोन मलाई थिएन । उहाँले लामो समयदेखी नजिकको सम्बन्ध राख्नु भएको दर्जी समुदायका अगुवालाई गर्नु भएको रहेछ । कामको शिलशिलामा सम्पर्क गरेको रहेछ । फोन मेरोमा आयो । उहाँले शुरु मै भन्नुभयो, दमाई केटा बोलेको हो ? मैले हजुर भने । फेरि भन्नुभो, मेरो भाई दमाई केटो होइन ? मैले उहाँको स्वरबाट नै चिनेको थिए, तर मसँग त्यसरी कहिले कुरा भएको थिएन । यत्तिको मान्छेले यसरी नबोल्नु पर्ने सोचे । उहाँले पनि म अन्कनाए पछि होइन कि के हो भन्नुभयो । र, मैले आफूलाई चिनाए । उहाँले आफूबाट गल्ति भएको प्रतिक्रिया दिएर बाँकी कुरा अघि बढ्यो । दमाई भन्न पाउँदा त्यत्तिको मान्छेले गर्व गर्दा रहेछन् । अन्यको कुरा किन गर्नु । जो दुनियाँको प्रिय र चर्चित छन्, उनैबाट यस्तो व्यवहार पाएँ । जो जातले बोलाएर खुसी भइरहेका छन् ।
दलित समुदायले पनि आफ्नो बुझाईलाई फराकिलो बनाउने समय आएको छ । कसैको घरमा प्रवेश गर्न पाउनु समानता होइन । बोली, वचन र व्यवहारमा परिवर्तन हुनु मात्र समानताको शुरुआत हो
उठाउन खोजेको विषय पनि यहि हो, विभेद गर्ने तरिका बदलिएको छ । संसार बदल्न हिडेकाहरु घरमा जातपातको भेदभाव भएको टुलुटुलु हेरिरहेका छन् । उनीहरु भन्छन, यो मामलामा बोल्नै गाह्रो छ । दलित समुदायले पनि आफ्नो बुझाईलाई फराकिलो बनाउने समय आएको छ । कसैको घरमा प्रवेश गर्न पाउनु समानता होइन । बोली, वचन र व्यवहारमा परिवर्तन हुनु मात्र समानताको शुरुआत हो । आफ्नो घरमा पस्न दिने÷नदिने आफ्नो अधिकारको विषय हो । घर पस्न पाउनुलाई विभेद विरुद्धको आन्दोलन सम्झिन थाल्यो भने अझै बाँकी जीवन यत्तिकै बित्नेछ । समानताको लागि सार्वजनिक स्थानलाई मान्नुपर्छ । समावेशीकरणमा दलित सहभागिता, नेतृत्वमा दलितको अगुवाई, यस्तैयस्तै विषयलाई विभेद अत्य भएको नभएको मापदण्ड तयार गर्नुपर्छ । व्यक्तिवादी सोचभन्दा पनि आम दलित समुदायमाथि भइरहेको व्यवहारलाई विश्लेषण गरेर मात्र विभेदको अवस्था भन्न मिल्छ ।
दलित समुदायले आरक्षण पाएकोमा धेरै टाउको दुखाई भएको छ । आरक्षण ब्राम्हणले पनि पाएका छन् । अपांगता, महिला भएकोमा कथित उपल्लो जातिभित्र पनि आरक्षणको लोभ छ । हिजोदेखी समाजमा हैकम गरेर बसेकाहरुलाई त आरक्षणको लोभ छ भने शोषित पीडित दलित समुदायलाई राज्यले दिएको आरक्षण लिन के समस्या ? आरक्षण पाएपछि दलित, दलित रहेनन् भन्ने अवधारणा पनि आउने गर्छन् । तर, त्यो होइन । सबै जातजातिलाई समान ढंगबाट अघि बढाउन यो अभ्यास गरिएको हो । आरक्षण सँधैका लागि गलत छ । यसलाई निश्चित समयका लागि व्यवस्थापन गरिनु पर्छ । यदि आरक्षण सँधै व्यवस्था गरियो भने पनि दलितमाथिको विभेद अन्त्य हुन सक्दैन । विभेद अन्त्य गर्न कानुनको अधिकतम प्रयोग महत्वपूर्ण विधि हो ।
हाम्रो समाज धेरै हिसावले अघि बढिसकेको छ । तर, कुसंस्कार अन्त्य गर्न भने अहिलेसम्म सचेत बनेको देखिदैन । त्यसैले सुन्दर समाजको परिकल्पना गर्न नेपाली नागरिकबीचमा समानता, सम्मान र आत्मियता जरुरी छ ।
मुलुकमा ती तहको सरकार बनेको छ । स्थानीय सरकारदेखी केन्द्र सरकारसम्म दलितको सहभागिता छ । यसलाई विभेद अन्त्य गर्न राज्य पक्ष उत्सुक देखिएको संकेत गर्छ । किनभने दलित समुदायको प्रतिनिधित्वले आम नागरिककै अधिकारको निम्ति महत्वपूर्ण भूमिका निर्भाह गर्नेछ । त्यसमा दलित अधिकार पक्कै नछुट्ला । सबै जातिको सहभागिता गराइएको छ । यो सहभागिताको मूल मर्म नै सबै नागरिकको समान अधिकार स्थापित गर्न हो । त्यसमा विवेकको आवश्यकता छ । नत्र, घर छिर्न दिए भेद्भाव हट्यो भने झै हुन्छ । हाम्रो समाज धेरै हिसावले अघि बढिसकेको छ । तर, कुसंस्कार अन्त्य गर्न भने अहिलेसम्म सचेत बनेको देखिदैन । त्यसैले सुन्दर समाजको परिकल्पना गर्न नेपाली नागरिकबीचमा समानता, सम्मान र आत्मियता जरुरी छ ।















प्रतिक्रिया