२९ आश्विन २०८३, बिहिबार

गिरिजाबाबुले भनेका थिए– मधेस समस्या हिन्दुस्तानसँग कुरा गर्छु (भिडियो)

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेपाली राजनीतिका शिखर पुरूष गिरिजाप्रसाद कोइरालाको अवसान भएको ८ वर्ष पूरा भएको छ । गणतन्त्र नेपाल स्थापनाका लागि अकल्पनीय भुमिका निर्वाह गरेका थिए उनले । कोइरालाको नेतृत्वमा भएको सरकारकै पालामा तत्कालिन मधेसी जनाधिकार फोरम नेपालसँग विभिन्न सम्झौता भएका थिए । जसको कार्यान्वयनको आन्दोलन लामो समय चल्यो ।

सोही समयमा अहिलेका राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर पनि नेपाली कांग्रेस छाडेर तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्षका रूपमा स्थापित भएका थिए । सोही बेला गिरिजाबाबुले एउटा कार्यक्रममा मधेस समस्या भारतसँग सम्बन्ध राख्ने खुलासा गरेका थिए ।

भर्खरै जनआन्दोलन सफल भएर सात दलका तर्फबाट नियुक्त भएका थिए, गिरिजाबाबु । काठमाडौंमा त्यति नबोल्ने र विराटनगरमा पुगेर राजनीतिक समाधानका चर्चा निकाल्ने उनीमाथि चर्किरहेको मधेस आन्दोलनका विषयमा बीबीसी साझा सवालबाट प्रश्न सोधियो,‘मधेस आन्दोलनलाई कसरी सम्बोधन गर्नुहुन्छ ?’ उनले सरल जवाफ दिए,‘यो मधेस भन्ने त छँदै छैन । म तराई भन्छु । तैपनि यो समस्या समाधानका लागि हिन्दुस्तानसँग कुरा गर्छु ।’

गिरिजाबाबुले साझा सबालको पहिलो अंकका लागि यस्तो जवाफ दिएका थिए । कोइरालानिवासमा भएको कार्यक्रममा दिएको यहि जवाफले ठूलो अर्थ १० वर्षपछि राख्यो । मधेसमा चर्किएको आन्दोलनको सहजीकरणका लागि भारतीय संस्थापनको मध्यस्तताले काम गरेको थियो । दोस्रो पटक संविधान जारी गरेका बेला भएको मधेस आन्दोलनलाई बल पुग्नेगरी भारतले नाकाबन्दि लगाएको थियो । भारतलाई खुसी बनाउनकै निम्ति तत्कालिन ओली सरकारले तीन पटक संविधान संशोधनको प्रस्ताव मन्त्रीपरिषद्ले पास गरेपछि नाकाबन्दि खुलाइयो । ओलीको तत्कालिन भारत भ्रमण पनि तय भएको थियो ।

माओवादी युद्धकालमा रहेका बेला इयुका प्रतिनिधि बालुवाटार पुगे र गिरिजाबाबुलाई भने,‘माओवादीलाई युद्धले नै पराजित गर्नुपर्छ । तपाई आँट्नुस हामी सहयोग गर्छौं ।’ उनको सरल प्रतिक्रिया थियो,‘यो तपाईको प्रब्लम हो की मेरो ? मेरो प्रब्लम म सल्भ गर्छु तपाईहरू आफ्नो काममा लाग्नुहोस् ।’