लण्डन । शुक्राणु अर्थात स्पर्म कमीको समस्या सिर्फ बाँझोपनसम्म सीमित रहँदैन । पुरुषलाई यसले अर्को गंभीर बिरामीको जोखिम बढाउन सक्छ ।
एक नयाँ अध्ययनले बीर्यको कमीबाट पुरुषहरूलाई बिभिन्न खालको रोग लाग्ने सम्भावना हुने गरेको पत्ता लागेको हो । पुरुषको स्पर्मको कमीले उसको स्वास्थ्य बांझोपनाको संकेतका रुपमा हेरिने गरिएको छ ।
इटलीको ब्रेशिया विश्वविद्यालयमा असोसिएट प्रफेसर र अध्ययनको मुख्य लेखक अल्बर्टो फेरलिनले पुरुषमा स्पर्मको कमीले मेटाबलिक परिवर्तन, हृदयघातको जोखिम र हड्डीको द्रव्यमानमा कमीसँग जोडिएको रोग लाग्न सक्ने जनाएका छन्।
अनुसनधानका बेला प्रयोगमा राखिएका पुरुषहरूमध्ये आधाको संख्यामा स्पर्म अर्थात बीर्यको संख्या कम थियो । सामान्य स्पर्मको तुलनामा पुरुषको शरीरमा १.२ गुना अधिक वसा, उच्च रक्तचाप, बैड कलेस्ट्रोल र गुड कलेस्ट्राल कम भएको देखिएको थियो ।
पुरुषमा मेटाबलिक सिंड्रोमको उच्च तीव्रता पनि पाइएको थियो । अन्य मेटाबलिक जोखिम मधुमेह, हृदय रोग र स्ट्रोकको संभावनालाई पनि बढाएको अनुसन्धानमा देखिएको थियो । – एजेन्सी















प्रतिक्रिया