खोटाङ, १ पुुुस । सुस्त मनस्थिति भएकी १३ वर्षीया बालिका बलात्कार गर्ने ढाकमान राईविरुद्ध मुद्दा दर्ता भएको छ ।
दिक्तेल नगरपालिका–८ का २३ वर्षीय राईले स्थानीय १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
गाउँमै भएको विवाह भोजमा गएको मौका छोपी राइले ती बालिकालाई बलात्कार गरेका थिए । बलात्कारका क्रममा बालिका चिच्चाएर प्रतिकार गरेपछि गाउँलेले उनीको उद्धार गरेका थिए।
आर्थिक प्रलोभन देखाउँदै पीडकका आफन्तले घटना ढाकछोप गर्ने प्रयास गरेका थिए । अभियुक्त फरार रहेको भन्दै प्रहरीले उनको खोजि कार्यलाई तिव्रता दिएको जानकारी दिएको छ ।















प्रतिक्रिया