३० आश्विन २०८३, शुक्रबार

कांग्रेसीको नियति : फरक गुटसँग सेल्फी खिचेमात्रै पनि हुन्छ दिनगन्ती

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेश्वर कमलि

२१ औं शताव्दिको विश्व आविश्कारसँगै राजनीतिक परिवर्तनका लागि पनि गतिशिल छ । यो गतिशिलताबाट नेपाल पनि मुक्त छैन । तर, यसका आफ्नै इतिहास र पहिचान छन् । तानाशाही राणा शासनदेखि पट्यार लाग्दो बहुदलीय राजनीतिक आडम्बरी शासनसम्म जनताले भोगी सके । हिजो एउटाको शासन थियो तर आज धेरैको शासनले कमजोर बनीरहेको छ, देश । बरु हिजो संस्कार थियो तर आज त्यो संस्कार पनि एका देशको कथा भएको छ ।

२०७४ को संसदीय चुनाबमा कांग्रेस पुरानो शक्ति र पुर्खजको बलिदानको ढोङले मात्रै चुनाब जितिन्छ भन्ने भ्रममा आन्तरिक व्यवस्थापन नगरी मैदानमा उत्रियो । चतुर कम्युनिस्ट चुनाव अगाडिसम्म पानी बाराबारको स्थितिको ठ्याक्क उल्टो अवस्थामा अडिएर मैदान छिर्यो । कम्युनिस्ट अब एक भयो, विकास र आर्थिक समृद्धि सहितको देश बनाउँछौं भन्ने नारा बोकेर जाँदा ठूलो पार्टी नेपाली कांग्रेस नराम्ररी खुम्चियो र नेकपा एमाले–माओवादी गठबन्धनले सफलता पाए । चुनावी परिणामले देखायो जनमत कसैको मुठ्ठीको मकै होइन ।

के हो कांग्रेस ?
सामान्य भाषामा बुझ्दा नेपाली कांग्रेस स्वतन्त्र शक्ति सहितको लोकतन्त्रमा पूर्ण विश्वास गर्ने पार्टी हो यो यस्तो पार्टी हो जसमा सबै प्रकारका स्वतन्त्रता छन् । पार्टीमा मात्र होइन, संसदमा पनि आफ्ना पार्टीको विरोधमा बोल्ने प्राधिकार कांग्रेसभित्र छ । यो यस्तो पार्टी हो जसमा सभापतिसँग खुलेआम असहमती राखेर उनीविरूद्ध उभिने अधिकार सुरक्षित छ । तर कम्युनिष्टमा यो अधिकार हुन्न । पार्टीको निर्णयका विरोधमा उभिए सामान्य सदस्य समेत नरहनेगरी कारबाही भोग्न बाध्यकारी हुनुपर्छ ।

किन चुनावमा पछारियो कांग्रेस ?
थुप्रै राम्रा सामाजिक, राजनैतिक, भौगोलिक पक्ष समेटेर कयौं विज्ञहरु राखेर घोषण पत्र बनाइए । मिलेसम्म पर्चा र पम्लेट भित्तादेखि चौतारासम्म टाँसिसए तर जनताका दैलोमा एउटै सुँगा रटाई कांग्रेस पराजयको मूल कारण हो ।

२०६४ र २०७० सालको चुनावमा जस्तै कांग्रेस २००७ सालमा प्रजातन्त्र स्थापना गर्ने पार्टी, वीपी, सुबर्ण शम्सेर, गणेशमान र कृष्णप्रसाद भट्टराईको योगदानले बनेको पार्टी, राणा राजासँग लडेको पार्टी भन्ने नारा मात्रै सम्बोधन भए । नेताले घोषणापत्रका मर्म बोलेनन् । बिषय र परिवेशको बदलावलाई बुझ्न सकेनन् नेताहरूले ।

पार्टी ‘म’वादमा चलिसक्यो । संसदीय दलको नेतादेखि सभापति, विभाग प्रमुख, भ्रातृ संगठनमा म र मेरा मान्छे भन्ने प्रवित्ति हावी भयो । नेतृत्वको अदूरदर्शीताका कारण कांग्रेस मवादको नियतीको शिकार भइरहेको छ ।

शैलीमा फरकपन आएन । जनताको आक्रोशको सम्बोधन हुन सकेन । चार पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा लोकप्रिय नारा दिनबाट चुके । बरु, उनले मनमोहन अधिकारीको विकासको परियोजनाको विरोध गर्ने गल्तीसँग नजिक भए । गुट र उपगुटले प्राथमिकता पाउँदै गयो । र, यहि परिणाम कांग्रेसले चुनावमा भोग्यो । जनताले त्यहि नियतिमा उभ्याइदिए ।

अबको बाटो
कांग्रेसमा सबैभन्दा खड्कीएको कुरा सम्झौता हो, वर्तमान परिवेशमा देश र जनताको नाममा कुनै नेता सम्झौता गर्ने पक्षमा छैन सबैमा ‘म’ को अहंकार छ । पार्टी ‘म’वादमा चलिसक्यो । संसदीय दलको नेतादेखि सभापति, विभाग प्रमुख, भ्रातृ संगठनमा म र मेरा मान्छे भन्ने प्रवित्ति हावी भयो । नेतृत्वको अदूरदर्शीताका कारण कांग्रेस मवादको नियतीको शिकार भइरहेको छ । संगठन र सामुहिक शक्ति भन्ने सबै हराइसक्यो । गुट यति हावी भयो कि अर्को गुटका नेतासँग सेल्फीमात्र खिचेपनि उसको दिनगन्ती सुरू हुन्छ ।

पूँजीपतिहरू धनको बलमा राजनीतिक अधिपत्यमा लागेका छन् । कांग्रेसमा यो समस्या चुनावदेखि देखियो । यस्तो विषयको निगरानी अब राखिएन भने कांग्रेसका रूख भेटिनेछन्, कांग्रेस भेटिनेवाला छैन ।

आफ्ना कुरामात्र बजारीकरण गरी वैयक्तिक स्वार्थका लागि बोल्ने प्रवित्तिमा सुधार आवश्यक छ । यस्ता नेता कांग्रेसभित्र सलबलाउन थालेका छन् । वीपीले भनेका थिए– म जनतालाई सुंगठित, आधारभुत राजनीतिक विवादबारे बोध गराउने जस्ता काममा दत्तचित्त छु । यो पद्दती र शैलीमा अबका नेता नहिँडी कांग्रेस भन्दा सुख पाउने छैनन् । वीपीको नाम होइन, शैली र विचारलाई व्यवाहारमा उतार्नुपर्छ ।

कांग्रेसको अर्को रोग व्यक्तिले पार्टी चलाउने, पार्टीबाट व्यक्ति नचल्ने । तर राजनीतिक पर्यावरणले यो प्रवित्ति मान्नेवाला छैन । अब पार्टीबाट व्यक्ति चल्नुपर्छ । झुन्डमा रमाउने होइन समग्र कार्यकर्ता समान देख्ने नजरीया बनाउनुपर्छ । सत्ता र स्वार्थमाथि उठेमात्र कांग्रेस जनतामा प्रिय बन्न सक्छ अन्यथा धुरी चढेर कम्युनिष्टले हाँकेको सत्ता हेर्नुको विकल्प छैन ।