२९ आश्विन २०८३, बिहिबार

झाडीभित्र प्रहरी जवान र महिला आपत्तिजनक अवस्थामा भेटिएपछि…

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतको झारखण्ड राज्यको एउटा गाउँमा प्रहरी जवान र महिलालाई स्थानीयले बाँधेर कुटपिट गरेका छन् । ती महिला अर्काकी पत्नी हुन् ।

झारखण्डको कोडरमा गाउँमा रातिको ड्युटी सकेर फर्केका प्रहरी जवानले महिलालाई सुनसान झाडीमा लगेर यौनसम्बन्ध राखेका थिए । उनीहरूले झाडीमा आपत्तिजनक क्रियाकलाप गरेको भनेर गाउँलेले दुवैलाई निर्घात कुटपिट गरेका हुन् ।

शनिबार बिहानसम्म ती दुईजना आपत्तिजनक अवस्थामा भेटेपछि गाउँलेले दुवैलाई रुखमा बाँधेर कुटपिट गरेको जनाइएको छ ।

कुटपिटबाट महिला बेहोस भएपछि उनलाई भुइँमा सुताएर प्रहरी जवानलाई कुटिरहेको समाचारमा उल्लेख छ । घटनाको जानकारी पाएर घटनास्थल पुगेको प्रहरीले ती दुईलाई गाउँलेबाट छुटाएर अस्पताल भर्ना गरेको छ ।

स्थानीयका अनुसार ती प्रहरी जवान रातिको गस्तीको ड्युटी सकेर घर फर्कदैँ थिए । महिलाको सहमतिमा प्रहरी जवानले उनलाई झाडीमा लगेर
यौनसम्बन्ध बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । गाउँलेले दुवैलाई आपत्तिजनक अवस्थामा भेटेका थिए । – एजेन्सी