
काठमाडौं, १ पुस । दुर्घटना न्युनीकरणका लागि प्रहरी र यातायात व्यवसायीको सक्रियतामा धरानको तीनकुनेमा सवारी रोकेर यातायात मजदुरको तीनपुस्ते अभिलेख राख्न थालिएको छ ।
दुर्घटना न्यूनीकरणका लागि प्रहरीको पहलमा यस्तो अभियान सुरु भएको हो ।
धरानबाट विभिन्न जिल्लाका लागि छुट्ने झन्डै सात सय सवारी साधनमा झन्डै दुई हजार मदुर काम गर्ने यातायात व्यवसयाी सरोज श्रेष्ठले बताए ।
मजदुरको तीनपुस्ते अभिलेखले जिम्मेवारीसँगै गल्ती गर्दा कारबाहीको भागिदार हुनुपर्ने बोध गराउने प्रहरीले जनाएको छ ।
यो अभियानले सचेतना बढाउनुका साथै दुर्घटनामा कमी हुने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुकुन्द रिजालले बताएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
अभियानमा चालकको लाइसेन्सदेखि अन्य मजदुरसमेतको घरको जानकारी, अभिभावक र छोराछोरीको जानकारीसमेत राखिएको छ ।















प्रतिक्रिया