१ कार्तिक २०८३, आइतबार

भक्तपुरमा चिनो लगाएको संरचना भत्काइने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadakभक्तपुर, १ पुस । सूर्यबिनायक चोकदेखि दक्षिणमा गणेश मन्दिरसम्मको एक किलोमिटर सडक फराकिलो पार्ने क्रममा ७० र गठ्ठाघरदेखि सानोठिमीसम्मको एक किलोमिटर सडक फराकिलो बनाउने क्रममा २२ वटा घरटहरा भत्काउन चिनो लगाएको महिनौं बितिसक्दा पनि घरटहरा भत्काउने काम सुरु भएको छैन् ।

स्थानीयको विवादका कारण घर चिनो लगाउनेलगायत सम्पूर्ण काम गरिसक्दा पनि घरटहरा भत्काउन नसकिएको भन्दै कार्यालय पन्छिदै आएको छ ।

कार्यालय र स्थानीयबीच घरटहरा भत्काउन सहमति भएपछि क्षतिपूर्तिका लागि धमाधम निवेदन परिसक्दा पनि स्थानीय क्षतिर्पूति लिन नआउँदा समस्या भएको कार्यालयका प्रमुख वसन्त राइले जानकारी दिए ।

घर भत्काउन स्थानीयले क्षतिपूर्तिको माग गर्दै निवेदन दिइसकेकाले अग्रिम पेश्कीस्वरुप ५० प्रतिशत क्षतिपूर्ति वितरण गरेपछि मात्रै घर भत्काइने उनले बताएको समाचार आजको गोरखा पत्र दैनिकले छापेको छ ।

सूर्यविनायकको पूर्वतर्फ सिपाडोल १ र पश्चिमतर्फ कटुञ्जे ८ मा पर्ने सूर्यविनायक सडक मार्गका १०/१५ वर्षभित्र बनाइएका संरचना भत्काएर बाटो फराकिलो बनाउन लागेपछि स्थानीयले घर भत्काउन नदिने अडान राख्दै आएका छन् ।