१ कार्तिक २०८३, शनिबार

दक्षिण कोरिया जाने कामदारको रोस्टर बनाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

eps-korea
काठमाडौं, १ पुस । दक्षिण कोरिया जाने कामदारको रोस्टर बनाउने काम सुरु भएको छ ।

भाषा परीक्षा पास गरेकाको सम्पूर्ण व्यक्तिगत विवरण तयार पार्ने काम रोस्टर हो ।

नेपालस्थित ईपीएस कोरिया शाखाले भाषा तथा स्वास्थ्य परीक्षण उत्तीर्ण भएका कामदारको रोस्टर तयार पारी कोरियाको मानव संसाधन विभागलाई बुझाउने गर्छ ।

यही रोस्टरका आधारमा कोरियाका रोजगारदाताले कामदार छनोट गर्ने समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

ईपीएस कोरिया शाखाका अनुसार गत असोजमा भाषा परीक्षा दिई पास भएकामध्ये २२ सय जनाको रोस्टर तयार पारी कोरियामा पठाइसकिएको छ ।

कुल तीन हजार ६ सय ६३ जनाले भाषा परीक्षा पास गरेकोमा २२ सय जनाको रोस्टर बनाउने काम सकिएको छ ।

बाँकीको पनि द्रूतगतिमा रोस्टर बनाउने काम भइरहेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षा, स्वास्थ्य परीक्षण र प्रहरी रिपोर्ट आएपछि जाने कामदारले जब एप्लिकेसन (जागिरका लागि आवेदन) दिनुपर्छ ।

सोही आवेदनका आधारमा रोस्टर भरिन्छ ।

दुई साताभित्रै रोस्टर भर्ने काम सम्पन्न हुने भएकाले त्यसपछि कामदार पठाउने क्रम सुरु हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।