
-प्रदीप आचार्य
राजनीतिक स्थिरताका लागि वर्षौँदेखिको नेपालीको चाहनालाई पार्टी एकताको संकल्प सहितको वाम गठवन्धनले प्राप्त गरेको चुनावि परिणामले साकार तुल्याइदिएको छ । वाम गठवन्धनको नेतृत्व गर्दै पछिल्लो सत्तरी वर्षको इतिहासमै सवैभन्दा शक्तिशालि प्रधानमन्त्री बनेका केपी शर्मा ओली आफूलाई प्राप्त जनमतको आधार अनुसार नै आफ्ना गतिविधि गरिरहनुभएको छ । अहिले सम्मको गतिविधिलाई नियाल्दा युवराज खतिवडाजस्तो विज्ञ अर्थमन्त्री बन्नु, यसअघि सफल मानिएका लालवावु पण्डित, गोर्कण विष्ट ,प्रदीप ज्ञवाली, वर्षमान पुन, शक्ति बस्नेत जस्ता अनुहारहरु मन्त्रीको रुपमा दोहोरिनु, लेखा समिति सदस्य, विकास समितिको सभापति रहेर नेपालको विकास अवस्था, पद्धति, नीति, नियम र संस्कारलाई राम्रोसगँ बुझेका विकासप्रेमी माननीय रबिन्द्र अधिकारी नेपालको विकास र सवृद्धिको मेरुदण्ड मानिएको पर्यटनलाई नेतृत्व गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनाइनु कुनै संयोग नभई नयाँ सरकारले नेपालको समग्र पर्यटनको विकासको लागि देखाएको उच्च महत्व र ढृण इच्छाशक्तिको रुपमा बुझ्नु पर्दछ ।
रबिन्द्र अधिकारी उहाँकै शब्दमा पर्यटनमा विज्ञको रुपमा भने आउनु भएको हैन । यद्यपी, उहाँले नेपालको विकास क्रमको बारेमा यसअघि हाँसिल गरेका अध्ययन र उहाँले सञ्चालन गरेका अभियानहरु मात्रैलाई निरन्तरता दिनुभो भने पनि उहाँको कार्यकाल स्वर्ण युग बन्नेछ भन्नेमा कुनै दुई मत छैन । उहाँले राष्ट्रपति कार्यकालयको सफथ सकाएर मन्त्रालयका नियमित र केही दीर्घकालिन प्रकृतिका फाईललाई सदर गर्नुभएको थियो । मन्त्रालयको तर्फबाट नवनियुक्त मन्त्रीले निर्देशन दिने कार्यक्रममा सचिवको तर्फको मन्त्रालयको सामान्य जानकारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा यस अघिका सरकारले यस मन्त्रालय माताहत रहने गरी चार वटा राष्ट्रिय गौरवका आयोजना रहेको जानकारी गराएका थिए । जसमा पशुपती क्षेत्र विकास कोष, पोखरा क्षेत्रीय विमानस्थानल, भैरहवा क्षेत्रीय विमानस्थल र बहुप्रतिक्षित निजगढ अन्तराष्ट्रिय विमानस्थल रहेका छन् ।
जहाँसम्म भैरहवा क्षेत्रीय विमानस्थलको कुरा छ, चाईनिज ठेकेदार र नेपाली साझेदारको विवादले यस विमानस्थलमा समय-समयमा समस्या आइरहेका छन्, त्यस विवाद मिलाउने र आयोजना समयमा नै सकाउने कुरामा पनि माननीय रबिन्द्र अधिकारी पहलकदमी उत्कृष्ट नै रहेको पाईन्छ ।
जुन आयोजनामा माननीय मन्त्री विकास समितिको सभापति रहदा गहिरो अध्ययन र काम गरेका आयोजनामा पर्दछन् । स्वयं मन्त्री पोखराको भएर’नि होला पोखरा विमानस्थलको सन्र्दभमा आयोजना सञ्चालनको निर्णय गराउने, सर्वसाधरणको जग्गाको मुआव्जा दिने देखि, चाइना सरकार सँग ऋण सम्झौता गराउने, आयोजनाको शिलन्यास गराउनेदेखि सम्पूर्ण राजनीतिक दलको आयोजना भने अनुसार नै समयमा सकाउने राजनीतिक प्रतिवद्धता गराउने सम्मका सबै काममा नेतृत्व लिनुभएको थियो । तर, जुन कुरा हिजो विकास समितिमा बसेर समयमा सकाउने निर्देशन दिनुहुन्थ्यो आज स्वयं अख्तियारी दिने र लागू गराउने ठाउँमा पुग्नु भएको छ ।
जहाँसम्म भैरहवा क्षेत्रीय विमानस्थलको कुरा छ, चाईनिज ठेकेदार र नेपाली साझेदारको विवादले यस विमानस्थलमा समय-समयमा समस्या आइरहेका छन्, त्यस विवाद मिलाउने र आयोजना समयमा नै सकाउने कुरामा पनि माननीय रबिन्द्र अधिकारी पहलकदमी उत्कृष्ट नै रहेको पाईन्छ । सुरुमा २०१७ को अन्त्यमा सकाउने गरी ठेक्का सम्झौता भएको विमानस्थलको नेपालमा यस बिचमा आएको महाविनाशकारी भुूकम्प र झन्डै ६ महिनासम्म भएको भारतीय नाकाबन्दीले यस आयोजनालाई पनि निकै प्रभावित पारेको थियो । तर पनि पछिल्लो अखवारमा आएका समाचारलाई आधार मान्ने हो भने आयोजनाले २०१९ साललाई अपरेसन वर्षको रुपमा कार्य अगाडी बढाएको बताएको छ, जसलाई बिना अवरोध नयाँ भनिएको मितिमा सकाउने कुरामा माननीय रबिन्द्र अधिकारी चनाखो हुनुपर्दछ ।
पहिलो सदर गरेको फाईलमा सन २०२० मा पर्यटन वर्ष मनाउँदै १५ लाख पर्यटक भित्र्याउने योजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी तयार गर्ने भन्ने कुरा संयोग होला तर यी अबका लक्ष्य भेटाउन कर्मचारी पनि तयार भएको कुरा प्रष्ट पार्दछ ।
मन्त्रालयमा पुग्ने बित्तिकै रबिन्द्र अधिकारीको शब्द सापट लिएर भन्दा, म पोखराको भएर पोखरा भन्छ नभन्नुहोस, अबको प्राथामिकता निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ भन्नु अनि नेपाल वायु सेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकार सरको नाम लिदै जहाज थप्न पर्यो सर जहाज, भन्नु अनि सुगतरत्न कंसाकरले अब तपाई आउनु भएको छ थपि हालिन्छनि भन्नु यो अनौपचारिक संवाद मात्र थिएन माननीयको पर्यटनको समस्या र आवश्यकतालाई नजिकबाट नियालिरहेको कुरा प्रष्ट हुन्थ्यो भने कर्मचारीहरु पनि नयाँ मन्त्रीसँग कार्म गर्न इच्छुक भएको झल्कन्थ्यो । हो, साँच्चै अबको प्राथामिकता निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र हवाई सञ्जालको लागि जहाज थप्नु बाहेकको विकल्प छैन । पहिलो सदर गरेको फाईलमा सन २०२० मा पर्यटन वर्ष मनाउँदै १५ लाख पर्यटक भित्र्याउने योजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी तयार गर्ने भन्ने कुरा संयोग होला तर यी अबका लक्ष्य भेटाउन कर्मचारी पनि तयार भएको कुरा प्रष्ट पार्दछ ।
पशुपति क्षेत्र विकास कोषको हकमा भने भौतिक संरचना बनाउनु र यसको वृहत्तर विकासको लागि त्यहाँ भएका धार्मिक, सांस्कृतिक महत्वलाई जोगाईरहनु, स्थानीयको भएको अवरोधलाई निराकरण गर्दै जानु, भौतिक संरचना मात्र हैन पशुपतिलाई अझ बढि स्वायत्त बनाएर नेपाल सगरमाथा, बुद्धको देश मात्र नभई विश्वमा भएका हिन्दुहरुको मक्का मदिना बनाउन जरुरी छ जुन कुरामा माननीय संवेदनशिल भने पक्कै हुनु पर्नेछ ।
यसका अलवा माननीय रबिन्द्र अधिकारीले विभिन्न समितिमा रहेर काम गर्दा काठमाडौँ तराई फास्ट ट्रयाकको सन्दर्भमा होस, नेपालको दुर्गम विकटतालाई जोड्न कर्णाली राजमार्गको विस्तार र स्तरउन्नतीको कार्यमा होस, अमानविय भारतीय नाका बन्दीपछिको परिस्थितिमा कालिगण्डकि कोरिडोरको रुपमा चीन–भारत जोड्ने कोरला नाका खुलाउन लिएको अभियान होस वा केरुङ्ग नाका जोड्ने बाटोको स्तरीकरण गर्ने कुरामा नेपाली सेनासँग मिलेर गरेका कार्यले नेपालको पर्यटनमा सहज पहुँचको बाटो त खुल्नेनै छ तर समग्र नेपालको सम्वृद्धिमा कोशे ढुङ्गा हुनेछ ।
तत्कालको लागि प्रतिनिधिसभा तथा राष्ट्रिय सभाहललाई अन्यन्त्र व्यवस्थापन गर्ने, राजधानीमा ४/५ को संख्यामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनेलगायत मुख्य पर्यटकीय शहरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने कुरामा माननीयको ध्यान जानेछ ।
नेपालका मास पर्यटनको अवधारणा अगाडी नबढाई हामीले प्रक्षेपण गरेको, वाम गठवन्धनले आफ्नो घोषणा पत्रमा भनेको २०३० सम्म ५० लाखको पर्यटक संख्या पाउन कठिन छ । तसर्थ, त्यस उपलव्धिका लागि शर्तहरु भनेका विमानस्थलहरु, उत्तर दक्षिण बाटाहरु, हवाइ सञ्जाल बढाउन नेपाली ध्वजावाहक जहाजहरु नै हुन । यद्यपी, यी कुराले मात्र पुरा हुने छैन, यस सम्वन्धमा अधिक संख्यामा पर्यटक ल्याउन ठूला ठूला अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी र प्रर्दशनिहरु हुन जरुरी छ । होटेलको व्यवस्थापन नीजि क्षेत्रलाई छोड्ने हो भने पनि ठूला सम्मेलन गर्ने हाम्रा सभाहलहरु काठमाडौँमा पनि छैनन्, जसले मास पर्यटक आउन समस्या निम्त्याउँछ । तसर्थ, तत्कालको लागि प्रतिनिधिसभा तथा राष्ट्रिय सभाहललाई अन्यन्त्र व्यवस्थापन गर्ने, राजधानीमा ४/५ को संख्यामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनेलगायत मुख्य पर्यटकीय शहरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने कुरामा माननीयको ध्यान जानेछ ।
ठिक त्यसैगरि ठूलो संख्याको पर्यटक ल्याउने भनेको खेल पर्यटननै हो, मानिलिउ हामी क्रिकेटमा राम्रो गर्दै गएका छौँ तर, आज हामीसँग विश्वस्तरका खेल गर्न सक्ने एउटा मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान छैन । तसर्थ, खेल पर्यटन लाई अगाडी बढाउन पनि प्रत्येक प्रदेश सरकार, ठूलाठूला उपमहानगरपालिका, महानगरपालिकासँग मिलेर यस खाले संरचना बनाउन लाग्नुपर्नेछ ।
मात्र हामीले गर्नुछ, पर्यटनमा पूर्वाधार एक राष्ट्रिय संकल्प अनिकार्यन्वयन गर्न दृढ इच्छा शक्ति, केपी ओलीले भनेझैँ सम्पूर्ण इमानको ।
तपाईको शब्द फेरि दोहोर्याएँ, तपाईको विचारमा तपाई पर्यटनको विज्ञ होइन । प्रर्वद्धनका रणनीति योजनामा केही अन्योलता होला यद्यपी, तपाईले पकडेको बाटोले हामीले प्रक्षेपण गरेको पर्यटक संख्या र पर्यटनको कूल ग्राहस्थ उत्पादनमा योगदान पक्डन कुनै अप्ठ्यारो छैन । मात्र हामीले गर्नुछ, पर्यटनमा पूर्वाधार एक राष्ट्रिय संकल्प अनिकार्यन्वयन गर्न दृढ इच्छा शक्ति, केपी ओलीले भनेझैँ सम्पूर्ण इमानको ।















प्रतिक्रिया