१ कार्तिक २०८३, आइतबार

सोलुखुम्बुमा यातायात व्यवसायीको लडेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, २९ मंसिर । दूधकुण्ड यातायात व्यवसायी सङ्घका महासचिव एवम् नेचाबेतघारी सोलुखुम्बु निवासी दीपक भट्टराईको मृत्युभएको छ ।

उदयुपुरको घुर्मीबाट जिप लिएर आइतबार राति १० बजे खुर्कोट पुगेका भट्टराई गाडी रोकिएको समयमा हिँड्दै गर्दा पुलबाट चिप्लिएर लडेको दूधकुण्ड यातायात व्यवसायी सङ्घका दावा शेर्पाले जानकारी दिए ।

लडेपछि बेहोस बनेका २६ वर्षीय भट्टराईलाई उपचारका लागि मन्थली लगिएकामा त्यहाँ सम्भव नभएपछि काठमाडौँ लैजाँदै गर्दा भकुञ्डेबेसीमा मृत्युभएको हो ।