१ कार्तिक २०८३, आइतबार

बर्दियामा बाल तथा मातृ मृत्युदरमा कमी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २९ मंसिर । परम्परागत मूल्य, मान्यताका साथै घरमा सुत्केरी हुने प्रचलनविरुद्ध समुदायमा सचेतना पुगेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको चाप बढ्दै गएको छ ।

महिला प्रजनन स्वास्थ्य अधिकारमा महिलाको पहुँच बढेसँगै मातृ तथा बाल मृत्युदरमा समेत कमी आएको छ । पहिले पहिले घरपरिवारको भनाइ मानेर डरले गर्भवती महिला स्वास्थ्य संस्थामा जाँदैन्थे तर हिजोआज गर्भवती महिला नियमित जाँच र सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा जान थालेको मगरागाडी–६ की ललिता भण्डारी बताउँछिन् ।

उनी थप्छिन्–“महिला घरायसी कामका कारण पनि स्वास्थ्य संस्थामा जान मान्दैन्थे गेरुवा ग्रामीण जागरण सङ्घ र जनस्वास्थ्य कार्यालयले समुदायमै गर्भवती महिलालाई जनचेतना दिन थालेपछि ग्रामीण महिला जागरुक भएका छन् ।”

पहिले पहिले घरमै सुत्केरी हुन रुचाउने समुदायका ग्रामीण महिला हिजोआज जागरुक भई स्वास्थ्य संस्थामा जान थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको चाप बढेको गेरुवा ग्रामीण जागरण सङ्घ नेपालगन्जकी टोली नेत्री भाग्यरेखा सिलवालको भनाइ छ ।

संस्थाले ग्रामीण समुदायमा गर्भवती महिलाको समूह बनाई चेतना दिने गरेको र कार्यक्रममार्फत गर्भवतीका घरघरमा पुगी स्वास्थ्य संस्थामा जाँच, परामर्श र सुत्केरी हुनका लागि जानुपर्ने सचेतना दिइँदै आएको जनाएको छ ।

गेरुवा ग्रामीण जागरण सङ्घले समुदायमा गर्भवती महिलाका लागि गर्ने चेतनामूलक कार्यक्रम प्रभावकारी रहेको र कार्यक्रमबाट जनस्वास्थ्य कार्यालयलाई पनि सहयोग पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाकी मातृशिशु शाखा प्रमुख पद्मा श्रेष्ठले बताउनुभयो ।