३० आश्विन २०८३, शुक्रबार

प्लेन दुर्घटना र वास्तविकता

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिनबहादुर पण्डित
गएको सोमबार दिउँसो अवतरणका क्रममा यूएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा अवतरणका क्रममा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भयो । घाईतेहरुको अहिले काडमाडौँमा विभिन्न अस्पतालमा उपचार भईरहेको छ । हरेक मानिसको जीवनमा आफैमा अमूल्य हुन्छ, दुर्घटनामा यस्तै अमूल्य जीवनहरु घुमेका छन् । लामो समयदेखि चिकित्सा क्षेत्रमा काम गरेका डाक्डर र बंगलादेशका डाक्टर पढेर आएकाहरु पनि दुर्घटनामा परेर मृत्युवरण गरे । जसले अरु कयौँ जीवनहरुलाई मृत्युको मुखबाट बचाउन सक्थे तर, आफ्नै मृत्युलाई बचाउन सकेनन् । सबभन्दा पहिले दुर्घटनामा परेर मृत्युवरण गरेकाहरुलाई हार्दिक श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्यभालको कामना !

रनवे कोड नम्बर ०२ र २० मा विवाद गर्नु भन्दा पनि मुख्य कुरा धावनमार्ग राम्रो बनाउनु पर्‍यो। (०२ नर्थ, र २० साउथ आदि भन्न त मिल्दो हो नि?) सायद पाइलटले सोचे होलान दुवैतिरबाट ल्याण्ड गर्न सकिन्छ होला । अडियो संवाद सुन्दा पाइलट थाकेर माइन्ड कंसनट्रेड गर्न सकेनन जस्तो पनि छ ।

विमान दुर्घटनाका विषयमा अहिले विभिन्न खालको चर्चा परिचर्चा हुन थालेका छन् । कसैले चालकको गल्ती देखाएका छन् भने कसैले विमानस्थलमा कार्यरत कर्मचारीको गल्ती देखाएका छन् । कसैले प्राविधिक त्रुटिका कारण विमान दुर्घटना हुन पुगेको बताएका छन् । सबैका आ–आफ्नै तर्क, विचार र प्रतिक्रियाहरु छन् । चालकले प्राविधिक कुरा नबुझ्दा दुर्घटना भएको भनेर समाचार सार्वजनिक भएका छन् ।

प्राविधिक कुराहरू आफ्नो ठाउँमा ठीक होलान । त्यसैले रनवे कोड नम्बर ०२ र २० मा विवाद गर्नु भन्दा पनि मुख्य कुरा धावनमार्ग राम्रो बनाउनु पर्‍यो। (०२ नर्थ, र २० साउथ आदि भन्न त मिल्दो हो नि?) सायद पाइलटले सोचे होलान दुवैतिरबाट ल्याण्ड गर्न सकिन्छ होला । अडियो संवाद सुन्दा पाइलट थाकेर माइन्ड कंसनट्रेड गर्न सकेनन जस्तो पनि छ । किनकि काठमान्डौ आउनु अघि उनले क्यानाडाबाट १४ घण्टा प्लेन उडाएर आएको भन्ने खबर आएको छ । त्यसैले थाकेर पनि गलत जग्गा ल्याण्ड भएको हुन् सक्छ । (यो त् भयो Human error को कुरा) तर कोड नम्बर पनि अलमल गर्ने खालको पक्कै पनि हो । जस्तो कि कसैको बाइक नम्बर ६३६ छ भने ३६३ हो कि भनेर सधै झुकिन सक्छ । त्यस कारण सधै प्राबिधिक कुराहरु शतप्रशित सहि हुन्छन भन्ने हुन्न । त्यसलाई समय अनुकुल सुधार्न र परिमार्जन गर्न पनि सकिन्छ ।

आकाशमा दुई घण्टा प्लेन होल्ड गर्नु, अनि ल्याण्ड गर्न नसकेर इण्डिया जानुको कारण भनेको धावन मार्ग सानो भएर नै होईन र ?

लेखक

जसरी हालै मात्र काठमान्डौमा, दाँया र बाँया खुट्टा उस्तै हुँदा झुक्किएर दाँयाको ठाउँमा बाँया खुट्टाको अप्रेसन हुन् पुगेर डाक्टर कै बेज्जत भएको थियो । होला यस्तो कोड राख्ने काम अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण कै होला । तर, नमिलेको कुरा सच्च्याउन त पक्कै मिल्छ । केहि बर्ष अगाडी किलोमिटर र माइलमा झुक्किएर नासाको एउटा रकेट आकास मै हराएको थियो, जसले गर्दा अर्बौाको लगानी खेर गयो । नासा जस्तो संस्थाका दशौँ वैज्ञानिक मिलेर गरेको काममा गल्ती हुन सक्छ भने पाइलटले गल्ती गर्न सक्दैनन र ? अर्को कुरा नेपाल एरपोर्टको कन्ट्रोल टावर पेन्ट सम्म गराउन नसक्ने नेपाल एरपोर्ट व्यवस्थापन त झन् के कुरा गर्नु ? आफूले राम्रो गर्न नसकेर एरपोर्टको सरसफाई समेत अरुले गरिदिनुपर्छ ।

अर्को कुरा बेला बेलामा धावन मार्ग भत्किएर उडान प्रभावित बनेको हामी सबैले सुनेकै छौ ! आकाशमा दुई घण्टा प्लेन होल्ड गर्नु, अनि ल्याण्ड गर्न नसकेर इण्डिया जानुको कारण भनेको धावन मार्ग सानो भएर नै होईन र ? दुबई एरपोर्टमा २२ वोटा रनवे छन । एक हजार भन्दा धेरै प्लेन पार्किङ गर्ने ठाउँ छ (६०० भन्दा धेरै सीट भएको Emirates को सुपर जम्बो प्लेन मात्र एक सय भन्दा धेरै छन्) अनि धावन मार्गको ठीक मुनि क्जबचवबज जाने ६ लेनको हाईवे छ । र, पनि यो एरपोर्टले मात्र भविष्यमा धान्दैन भनेर अर्को पनि संसारको सबै भन्दा ठूलो अल मक्तुम अन्तर्राष्ट्रिय विमानस्थल बनेर तयार भै सकेको छ । नेपालमा भने न वैकल्पिक एरपोर्ट नै छ, न त्रिभुवन अन्तर्राष्ट्रिय एरपोर्टको क्षमता विस्तार गर्न नै सकिएको छ ।

पाइलटले कन्ट्रोल टावरको निर्देशन मान्नु पथ्र्याे, त्यो दुर्घटनाको एउटा पाटो भयो । तर, धावन मार्गमा विमान चिप्लनु भनेको विमानस्थल नराम्रो भएर नै हो । कुनै पनि पाइलटले आफ्नै ज्यान जोखिममा हालेर ल्याण्ड गर्दैन । विदेशको रनवे हेरेर नेपालको रनवे धेरै छोटो र साँघुरो भयो । अनि boing का लागि खोई पर्याप्त पार्किङ ? मूख्य कुरा यदि गतिलो र २ वटा रनवे बनाउन पाएको भए सायद यस्ता दुर्घटनाहरु हुदैनथियो होला । भ्रष्टाचारमा रुमलिएर गतिलो काम केहि नगर्नेहरु पनि दुर्घटना हुनुमा केहि हदसम्म जिम्मेवार छन् । यस्ता भ्रस्टचारीहरुलाई पाप लागोस् ।

नगदमा हिसाब किताब खोज्ने गगन थापा ज्यु, कहिलेकाँही यतातिर पनि ध्यान जावोस् र यसको पनि हिसाब किताब खोज्नु पर्यो । यसको जवाफ पत्रकार र देश विकास गर्छु भन्ने राजनीतिक पार्टीहरुले पनि खोज्नु पर्दछ ।

नेपाल एरपोर्टको क्षमता बढाउन चार–पाँच वर्ष अगाडी एडिबीसँग १२ अर्ब ऋण लिएको भन्ने समाचारमा सुनेको थिए । त्यो पैसा खोइ कता गयो ? कति काम भयो, कति रकम खर्च भयो ? अहिलेको संविधानले प्रत्येक नागरिकलाई सूचनाको हकको ग्यारेण्टी गरेको छ, त्यसैले एरपोर्ट प्रशासनले जनतालाई यसको जवाफ दिनै पर्छ । मलाई लाग्छ फटाहहरुले लटर–पटर काम गरेर बिल मिलाएर खाइसकेका होलान । त्यत्रो ऋण लिएपछि भब्य एरपोर्ट बनाउन पर्दैन थियो ? ऋण लिएको अवधीदेखि अहिलेसम्म ऋणको सदुपयोग गरेको भए मज्जाले काम सकिन्थ्यो । नेपाली जनतालाई १२ अर्बको ऋण बोकाइ दिएर सिमित टाउकेहरुले डरलाग्दो तरिकाले भ्रष्टाचार गरेका छन् । बेला बेलामा रनवे भत्किएर उडान रोकिएको, अनि विभिन्न एरलाइनका प्लेन ल्याण्ड हुन् नसकेर भारतको पटना गएको, दुई घण्टा आकासमै प्लेन होल्ड गर्न परेको आदि समाचारले स्वाभिमानी नेपालीलाई लज्जाबोध गराउँछ ।

नगदमा हिसाब किताब खोज्ने गगन थापा ज्यु, कहिलेकाँही यतातिर पनि ध्यान जावोस् र यसको पनि हिसाब किताब खोज्नु पर्यो । यसको जवाफ पत्रकार र देश विकास गर्छु भन्ने राजनीतिक पार्टीहरुले पनि खोज्नु पर्दछ । नत्र भविष्यमा यस्ता दुर्घटना भइरहने छन् । अनि यिनै भ्रष्टाचारिका आफन्त पनि पर्न सक्छन । नेपाली आकाश सुरक्षित हुन पहिले नेपाल एरपोर्टको रनवे सुरिक्षित हुनु पर्दछ । नेपाली आकाश सुरक्षित छैन भन्ने सन्देस विश्वभरि गइरहँदा कसरी आउँछन असुरक्षित ठाउँमा विदेशी पर्यटक ? बहुमतका साथ बनेको केपी सरकारले यतातिर ध्यान देओस, अनि यो फाइल पनि खोलोस भन्न चाहन्छु ।