– बिष्णु सापकोटा
बेल्जियम । नवलपरासी स्थाई घर भइ हाल बेल्जियममा बसोबास गर्दै आएका नवलपरासी बासीहरु द्वारा स्थापित नवलपरासी सहायता समाज बेल्जियम द्वारा नवलपरासीको कावासोतीमा अवस्थित मध्य बिन्दु सामुदायिक स्मृति अस्पताल लाई रु एकलाख पचास हजार बराबरको सोलार सेट एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा नवलपरासी सहायता समाज बेल्जियमका नरहरी सापकोटा अस्पतालका संचालन समितिका अध्यक्ष महेन्द्र पोख्रेल, अस्पतालका पूर्व अध्यक्ष कृष्णबहादुर बस्नेत, सचिव बालकृष्ण घिमिरे, कृष्ण बहादुर ढंङ्गाल तथा पत्रकार हरुका समुपस्थितिका बीच एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको थियो । अस्पतालमा दिनहु बिरामीको चाप बढ्दै गएको र उपचारको क्रममा देशमा भैरहेको लोडसेडिङ को मारले बिरामीहरुको अस्पतालमा उपचार कठिनाईमा भोग्दै आएको र सोलार सेट जडानले बिजुलीको समस्या समाधान मा ठुलो सहयोग पुग्ने बताइएको छ । सोलार सेटको जडान पश्चात उपचारको क्रममा बिजुलीबाट चल्ने अस्पतालका उपकरण भिडियो एक्सरे मेशिन, अपरेशन मेशिन लगाएत अन्य अत्याधुनिक ईलेक्ट्रीक् उपचार जन्य उपकरणहरु मार्फत बिरामीहरुको उपचारमा सहज हुने अस्पतालले बताएको छ ।
प्रवासको भूमिमा रहेर पनि आफ्नो मातृभूमि तथा आफ्नो गाउ क्षेत्रलाई सहयोग गर्नु हुने हाल बेल्जियममा बसोबास गर्नु हुने सम्पूर्ण नवलपरासीबासीहरुलाई अस्पतालको तर्फबाट बिषेश धन्यबाद सहित सस्थालाई बिषेश सम्मान गरिएको थियो भने कार्यक्रमा समाजका तर्फ बाट नरहरी सापकोटाले नवलपरासी जिल्लाको चौतर्फि बिकासमा बिषेश गरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा यथासक्य सहयोग पुर्याउने महान लक्ष्यका साथ स्थापना गरिएको नवलपरासी सहायता समाज बेल्जियमले आगामी दिनहरुमा पनि यस्तै क्षेत्रमा सहयोग पुर्र्याउने बताएका थिए । उक्त कार्यक्रम मार्फत बिगत लामो समय देखि स्वास्थ उपचार गराई रहेका नयाँबेलहानीका कनुवा चौधरीको उपचारको निमित्त समाज सेवी बासुदेव सापकोटा र समाजका सदस्य सोमनारायण थानेत बाट बीस हजार रुपया बिरामी लाई हस्तारण गरिएको थियो ।















प्रतिक्रिया