नुवाकोट, २९ मंसिर । नुवाकोटको मदानपुर गाउँ विकास समिति–५ बासुकीफाँटमा बासुकी सिँचाइ परियोजनाको शिलान्यास गरिएको छ ।
परियोजनाको शिल्यान्यास गर्दै सभासद् अर्जुननरसिंह केसीले मुलुकको मुख्य पेसा कृषि भएकाले त्यसको विकास गर्न राज्यको लगानी किसानलाई लाभ पुराउनेखालको हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोट सभापति तथा सभासद् जगदीश्वरनरसिंह केसी, मदानपुर काँग्रेस सभापति बद्री त्रिपाठी, सिँचाइ समितिका अध्यक्ष यादवप्रसाद पाण्डे, समाजसेवी हीराराम पाण्डेलगायतले शिलान्यास भएका परियोजनालाई समयमा नै पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
मदानपुर गाविस–४ बासुकीमा सुक्खा समयमा बेमौसमी तरकारी खेती गर्न निर्माण गर्न लागिएको बासुकी सिँचाइ परियोजना लघुउद्यम विकास कार्यक्रमअन्तर्गत बनाउन लागिएको हो ।















प्रतिक्रिया