काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापालाई पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको भाउ घटाउन निर्देशन दिएका छन्।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आधा घट्दा पनि नेपालमा भने दुईचार रुपैयाँमात्र घटाएकोमा आपत्ति जनाउँदै कोइरालाले मन्त्री थापालाई अविलम्ब भाउ घटाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले जानकारी दिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ प्रतिब्यारल ६२ अमेरिकी डलरमा झरेको छ उनले भने, तर नेपालमा भने त्यस अनुपातमा मूल्य घटेको छैन।















प्रतिक्रिया