काठमाडौँ २८ मंसिर । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपाल पूर्णतः अहिंसात्मक यात्रामा अग्रसर रहेको बताउनुभएको छ ।
धम्मकाय फाउन्डेसनले थाइल्याण्डको बैंककमा आयोजना गरेको ‘भी स्टार’ दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै नेता खनालले विसं २०६३ को शान्ति सम्झौतासँगै छोटो समयमा नेपालले शान्तिको यात्रा तय गरेको बताउनुभएको हो ।
सहमतिका नयाँ संविधान बनाउने विषयमा चाँडो समाधान निस्कने विश्वास व्यक्त गर्दै उहाँले त्यसपछि मुलुकले आर्थिक समृद्धिको यात्रा तय गर्ने बताउनुभयो ।
उहाँले नेपाल र थाइल्याण्डबीचको सांस्कृतिक समानता र आपसी सम्बन्धलाई अझ विस्तार गर्न पनि जोड दिनुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
















प्रतिक्रिया