१ कार्तिक २०८३, आइतबार

अढाई लाख घुससहित वीमा एजेण्ट झा अख्तियारको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatirकाठमाडौँ, २८ मंसिर । नेशनल लाइफ जनरल इन्सुरेन्सका वीमा एजेण्ट प्रकाश झा २ लाख ५० हजार घुससहित रंगे हात पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० लाख रुपैयाँ बराबरको वीमा रकम दावी गर्नका लागि रिपोर्ट बनाउन अढाई लाख रुपैया घुस माग्दै गरेका बेला रंगेहात पक्राउ गरेको हो ।

एक महिलाको व्यापारिक र्फममा आगलागि भई नष्ट भएपछि वीमा रकम दावी गर्नका लागि रिपोर्ट बनाउने क्रममा घुस माग्दै गर्दा अख्तियारले झालाई काठमाडौंको गैरीगाउँबाट पक्राउ गरेको हो ।  अख्तियारले ती महिलालाई आफ्नै पैसा दिएर पठाएको थियो ।