१ कार्तिक २०८३, आइतबार

ऐडीवान सामुदायिक वनका अध्यक्ष जेल चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेन्द्र ठगुन्ना
डडेल्धुरा, २८ मंसिर । जिल्ला अदालत डडेल्ल्धुराको वन मुद्धामा फरार रहेका शीर्ष गा.वि.स.को ऐडीवान सामुदायिक वनका अध्यक्ष अर्जुन देव भट्टराईलाई जिल्ला बन कार्यालयको टोलीले पक्राउ गरी आइतबार जेल चलान गरेको छ ।

वन मुद्धा लागेका भट्टराईलाई ०६९ मंसिर ०८ गते जिल्ला अदालतले १२ लाख १ सय ६० रुपैयाँ विगोसहित ९ महिना जेल सजाय सुनाएको थियो ।

उनी फरार रहेकोले पुन पक्राउ गरी आइतबार जिल्ला अदालतमा पेश गरेको र आइतबार नै कारागार चलान गरेको प्रहरी सहायक निरीक्षक करवीर ऐरले जानकारी दिनुभयो ।