३० आश्विन २०८३, शुक्रबार

यसरी भयो सुकुम्बासी जोगिनको विभत्स हत्या !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jojin-hatta सन्तोष कुमार
सिरहा, मंसिर २८ । लहानका एक युवकको अपहरण भएको घटना सेलाउन नपाउँदै अर्का एक युवकको विभत्स हत्या भएको छ । लहान नगरपालिका–५ का जोगिन सहनीको हत्या भएको हो । माछा मारेर गुजारा चलाउँदै आएका सुकुम्बासी जोगिनलाई गत मंसिर १६ गते माछा मार्ने वहानामा घरबाट फकाएर लगेका थिए ।

मंसिर २३ मा उनको शव लहान नपास्थित बलान नदीमा गाडेको अवस्थामा फेला परेको थियो । घाँस काट्ने महिलाहरु बलान नदी भएर जाँदा उनको शव देखेको र  उनीहरुले नै प्रहरीमा खबर गरेपछि प्रहरीले उनको शव  अस्पताल लगेका थिए । प्रहरीका अनुसार हत्या गरेर मुख र शरिरको अन्य भागमा तेजाब छर्केर नचिने जस्तै बनाई दिएको थियो ।

जोगिनलाई दुई यूवकले लगेपछि फर्केर आउला भनेर दुई दिनसम्म उनकी श्रीमति पवनदेवी सहनीले बाटो हेरेको र तीन दिनपछि प्रहरीमा श्रीमानको अपहरण भयो भनेर लिखित जानकारी गराएको बताइन ।

एक मात्र जीवनको साहारा श्रीमानको हत्या भएपछि पवनदेवीको आँखामा आशु सुकेका छैन् । जो कोही जाँदा उनी अहिले पनि पीडाले चिच्याउन थाल्छिन् । हत्या भएदेखि उनले पेटभरी खाना समेत नखाएको स्थानीय बताउँछन् ।

हत्या भएको तीन दिन वितिसक्दा पनि प्रहरीले अपराधी पक्राउ गरेका छैन् । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्र फुयाँलले घटना विषयमा अनुसन्धान भईरहेको बताए ।

उनले भने, ‘जोगिन हत्याको विषयमा अनुसन्धान जारी छ,’ फुयाँलले भने, ‘केही व्यक्तिलाई निगरानीमा राखेका छौं । पक्राउ परेपछि रहस्यहरु खुल्छ ।’
प्रेम विवाह गरेका जोगिनको कसले गर्‍यो हत्या ?
हत्या गरिएका जोगिनले गत मंसिरमा पवनदेवीसँग प्रेम विवाह गरेका थिए । पवनदेवीको यो दोस्रो विवाह हो । यसअघि पवनदेवीको विवाह भारत विहार राज्यको हुद्रा भन्ने कमलपुरमा भएको थियो । त्यहाँ आफ्न्तहरु रहेकोले जोगिन आउने जाने गर्थे ।

जसले गर्दा पवनदेवीसँग प्रेम बस्यो । केहि दिनमै उनीसँग भागेर प्रेम विवाह गरे । विवाहपछि भारत विहार राज्यको कमलपुर को पहिलो श्रीमान् मजेलाल सहनी मारिदिने धम्की दिदै आएको थियो ।

jojin-hatta2
विवाहको विवादले ईलाका प्रहरी कार्यालय लहानमै दुई पटक छलफल भयो । उक्त छलफलमा पहिलो श्रीमान मजेलालले छाड्ने निर्णय गरेपछि जोगिनसँग बस्न थालिन् । त्यसपछि एक बर्षभित्रै हत्या गर्ने धम्की दिएको जोगिनकी श्रीमति बताउँछिन् ।

‘सोही योजना अनुसार मजेलालका काकाका छोरा शक्ति सहनीले लहान आई फोन गरेर मंसिर १६ गते जोगिनलाई बोलायो र बेपत्ता पार्यो,’ उनले भनिन्, ‘बेपत्ता पारेका आठ दिनपछि जोगिनको हत्या गरिएको अवस्थामा लहानस्थित बलान नदीमा शव फेला पर्यो ।’