लहान, २९ मंसिर । केही दिनयता बढे्को शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ। जिल्लामा चिसाले कठ्याङ्ग्रिएर एकसातामै सुखीपुर–८ निवासी ६० वर्षीय बौवा सदा र विद्यानगर–२ निवासी ५० वर्षीया आशादेवी मण्डलको मृत्यु भइसकेको छ।
मङ्सिरको अन्तिम सातादेखि सुरु भएको चिसो क्रमशः बढ्दै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ। बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन्।
सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। दूधेबालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतबाट पीडित भएका छन्। रासस















प्रतिक्रिया