१ कार्तिक २०८३, आइतबार

फेरि अर्को दुर्घटना, वनभोज हिँडेका सोह्र घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा, २८ मंसिर । सुनसरीको पकलीबाट इलामको कन्यामतर्फ वनभोजका लागि जाँदै गरेको बस आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिव सताक्षी नगरपालिका–७  मा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख १९९७ नंको बसको अगाडिको टायर पड्कँदा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते केहीको बिर्तामोडस्थित कञ्चनजङ्घा अस्पताल र केहीको स्थानीय पुनःजीवन हेल्थ केयर सेन्टर झिलझिलेमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।