काठमाडौं, २८ मंसिर । बर्षा र हिमपातसँगै मुलुकभर अत्याधिक एक्कासी चिसो बढेको छ ।
पश्चिमी वायुको प्रभाव र अरेबियन समुद्रमा आएको परिवर्तितत मौसम प्रणालीका कारण नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार चिसो झनै बढ्नेछ ।
शुक्रबार रातिदेखि नै मुलुकभर चिसो बढ्नुका साथै शनिबार केही स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिउँ परेको थियो । बढ्दो चिसोका कारण जनजीवन कष्टकर बन्दै आएको छ । महाशाखाका अनुसार आइतबार मुलुकका मुख्य र पश्चिमी क्षेत्रमा वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्नेछ । मौसमविद राजु प्रधानांगका अनुसार आइतबार दिनभर हल्का वर्षा हुने र सोमबार आकास खुला हुनेछ ।
अहिलेसम्म यो वर्षकै चिसो हिजो शनिबार रह्यो । हिउँदमा भुमध्यसागरमा न्यूनचापिय वायुको उद्भव हुने गर्दछ । पश्चिमी बायुले त्यसलाई पूर्वतिर धकेल्दै ल्याउँछ । त्यही धकेलाइ न्यूनचापीय जलवाष्पयुक्त वायु इरान, अफगानिस्तान, पाकिस्तान र उत्तर भारत हुँदै शनिबार बिहान नेपाल भित्रिएको हो ।
















प्रतिक्रिया