१ कार्तिक २०८३, शनिबार

विदेशमा रहेका नेपालीलाई छिटो माध्यमबाट एमआरपी दिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-passport-insideकाठमाडौं, २८ मंसिर । परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालीका लागि फास्ट ट्रयाकमा मेसिन रिडेबल पासपोर्ट  एमआरपी वितरण गर्ने भएको छ ।

राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले हस्तलिखित पासपोर्ट समयमै विस्थापित गर्न आवेदन पाएको एक सातामै एमआरपी जारी गर्ने तयारी भएको जानकारी दिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन  आइकाको  सन् २०१५ को नोभेम्बरसम्म सबै हस्तलिखित राहदानी विस्थापित गर्न समयसीमा तोकेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

सो समयसम्म एमआरपी वितरण सक्न विदेशस्थित नेपाली नियोगमा प्राप्त आवेदन फास्ट ट्याकमा काम हुन लागेको विभागका महानिर्देशक थापाले बताए ।

उनले भने,‘नियोगबाट आउने गुनासो कम गर्न र हस्तलिखित पासपोर्ट समयमै प्रतिस्थापन गर्न एक सातामै नियोगमार्फत आएका निवेदनमा पासपोर्ट जारी गर्ने तयारी गरेका छौं ।’

विभागले नेपाली नियोगहरुलाई मासिक कम्तीमा दुईपटक पासपोर्टका फारम पठाउन आग्रह गरेको छ ।