७ कार्तिक २०८३, शनिबार

सुर्खेत भएर चल्ने यातयात सुचारु, पक्राउ परेका चालक र सहचालक छाड्न प्रहरी सहमत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २७ मंसिर । पक्राउ परेका चालकसहित यातयात मजदुरलाई छोड्ने सहमतिपछि सुर्खेत भएर चल्ने यातयात सुचारु भएका छन् ।

क्षमताभन्‍दा बढी यात्रु कोचेको भन्दै बसका चालक र सहचालक गरी २३ जनालाई प्रहरीले थुनामा राखेपछि  सार्वजनिक सवारी साधनका चालकहरुले बिहीबारदेखि यातायात बन्द गरेका थिए ।

चालकलाई हदैसम्मको कार्बाही गर्ने कानुनी प्रावधान लागू गरिएको लगाएतका विषयमा पनि सार्वजनिक सवारी साधनका चालकले विरोध गर्दै आएका थिए ।
स्थानीय प्रशासन, यातयात व्यवसायी र मजदुरबीच शनिबार तीनबुँदे सहमतिपछि  यातयात सुचारु भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो ।

तीनबुँदे सहमतिमा पक्राउ परेका चालक, सहचालक तथा अन्यलाई प्रक्रिया पुरा गरी जरीवान लिएर आइतबार रिहा गर्नेलगायत उल्लेख छ ।

यातयात व्यवसायीले प्रहरीको अनुसन्धानलाई सघाउने, सुर्खेत दुर्घटनामा मृत्यु भएका १६ जनाको दाहसंस्कार गरी फर्किन लागेका गोत्रीका बासिन्दालाई कालीकोटसम्म पुर्‍याइदिने पनि सहमति भएको छ।