३० आश्विन २०८३, शुक्रबार

यस्ता विश्वका १० धनीहरु, धनी सूचीमा ट्रम्प खस्किए

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । फोर्ब्स पत्रिकाले संसारका धानीहरुको सूची प्रकाशित गरेको छ । धनीहरुको सूचीको शीर्ष स्थानमा अनलाइन कम्पनी एमाजोनका संस्थापक जेफ बेजोस रहेका छन् । गत वर्ष ३९.२ अर्ब डलर रहेको सम्पत्ति ११२ अर्ब डलर पुर्‍याउँदै उनले शीर्ष स्थानमा कब्जा जमाउन सफल भएका हुन् ।

फोर्ब्सको इतिहासमा यो सबैभन्दा ठूलो कमाई पनि हो । उनको उदयसँगै यसअघि शीर्ष स्थानमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्स ९० अर्ब डलर सम्पत्तिका साथ दोस्रो स्थानमा झरेका छन् । अघिल्लो वर्ष उनको सम्पत्ति ८६ अर्ब डलर रहेको थियो । पछिल्ला २४ मध्ये १८ वर्ष शीर्ष गेट्सले फोर्ब्स सूचीको शीर्ष स्थानमा कब्जा जमाउँदै आएका थिए ।

सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २२२ स्थान तल खस्किएका छन् । उनको कूल सम्पत्ति ३.५ अर्ब डलरबाट ३.१ अर्ब डलरमा झरेपछि उनी धनीहरुको सूचीमा पछि परेका हुन् । फोर्ब्सका अनुसार न्युयोर्कमा रहेको उनको सम्पत्तिको मूल्यमा आएको कमी र गल्फ कोर्सको आम्दानीमा आएको कमीका कारण उनको स्थान खस्किएको हो ।

शीर्ष १० मा कोही पनि महिला पर्न सकेनन् । अमेरिकी रिटेल चेन कम्पनी वालमार्टकी एलिसा वाल्टन १६ औँ स्थानमा रहेकी छिन् ।

यस्ता छन् शीर्ष १० धनीहरुः
१. जेफ बेजोस, एमाजोन – ११२ अर्ब डलर

२. बिल गेट्स, माइक्रोसफ्ट – ९० अर्ब डलर

३. वारेन बफेट, बर्कसायर हाथावे – ८४ अर्ब डलर

४. बर्नार्ड आर्नल्ट एण्ड फ्यामिली, एलएमभीएच – ७२ अर्ब डलर

५. मार्क जुकरबर्ग, फेसबुक – ७१ अर्ब डलर

६. अर्मा्न्सियो ओर्टेगा, जारा – ७० अर्ब डलर

७. कार्लोस सिल्म हेलु एण्ड फ्यामिली – ६७.१ अर्ब डलर

८. चाल्र्स कोच, कोच इन्डस्ट्रिज – ६० अर्ब डलर

९. डेभिड कोच, कोच इन्डस्ट्रिज – ६० अर्ब डलर

१०. ल्यारी एलिसन, ओराकल – ५८.५ अर्ब डलर

बढ्दो दूरी
देशको हिसाबमा अमेरिकामा सर्वा्धिक ५८५ अर्बपतिहरु रहेका छन् । क्यालिफोर्नियामा मात्र १४४ अर्बपतिहरु रहेका छन् ।

३७३ अर्बपतिसहित दोस्रो स्थानमा चीन रहेको छ ।

युरोपबाट जमर्नीमा सर्वाधिक १२३ तथा भारतमा ११९ अर्बपतिहरु रहेका छन् । रसियामा १०२ जना अर्बपतिहरु रहेको फोर्ब्र्सले जनाएको छ ।

बेलायतमा भने गत वर्षबाट एक जना घट्दै ५३ जना अर्बपतिहरु रहेका छन् ।

फोरब्र्सका लुइसा क्रोल र केरी डोलानले धनीहरुको अझै धनी बन्दै गएको र गरिब र उनीहरुबीचको दूरी झन् बढ्दै गएको बताएका छन् ।

विनोद चौधरी १५६१ औँ धनी

नेपालका अर्बपति विनोद चौधरी विश्वको धनीहरुको सूचीमा १ हजार ५ सय ६१ औँ स्थानमा रहेका छन् । सिजी कर्पोरेसनका मालिक रहेका उनको सम्पत्ति बृद्धि भएर १.५ अर्ब डलर पुगेको फोर्ब्सले उल्लेख गरेको छ । हाल उनी नेपाल काँग्रेसको तर्फबाट समानुपातिक सांसद रहेका छन् ।

भारतमा मुकेश अम्बानी

यता, छिमेकी राष्ट्र भारतमा मुकेश अम्बानी शीर्ष स्थानमा रहेका छन् । ४०.१ अर्ब डलर सम्पत्तिसहित उनी विश्वको १९ औँ धनी बनेका छन् ।दोस्रो स्थानमा अजीम प्रेमजी, तेस्रोमा लक्ष्मी निवास मित्तल रहेका छन् ।