त्रिशूली, २७ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एमाओवादीले जातीय राज्यको अडान नछाडेकाले आगामी माघ ८ गते संविधान जारी हुने सम्भावना टर्दै गएको बताउनुभएको छ ।
जिलिङ गाविसको कासीटारमा आयोजित नेपाल रेडक्रस सोसाइटी झिल्टुङ उपशाखाको २२ औँ साधारणसभामा नेता केसीले सहमतिमै संविधान जारी गर्नका लागि प्रयास भइरहेकाले केही महिना ढिला हुन सक्ने बताउनुभयो ।
उहाँले कार्यक्रममा प्रदेश नामांकनको जिम्मा प्रदेश सभालाई दिएपछि विवाद नरहने बताउनुभयो । रेडक्रस झिल्टुङ उपशाखाले कार्यक्रमको आयोजना गरी शुक्रबारदेखि भारतीय दूतावासको सहयोगमा प्राप्त आधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
















प्रतिक्रिया