३० आश्विन २०८३, शुक्रबार

मेघालयको मुख्यमन्त्रीबाट साङ्माको राजिनामा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिलोङ (भारत), २१ फागुन । भारतको मेघालय राज्यका मुख्यमन्त्री मुकुल साङ्माले आइतबार उहाँको पदबाट राजिनामा दिनुभएको छ ।

मुख्यमन्त्रीले मेघालयको विधानसभाको नतिजा सार्वजनिक भएपछि मेघालयका गभर्नर गङ्गा प्रसाद समक्ष राजीनामा पेश गर्नुभएको छ ।

मेघालयको विधानसभामा कुनै पनि दलको एकल सरकार गठन गर्नेगरी निर्वाचनको नतिजा प्राप्त हुन सकेको छैन ।

मेघालयको विधानसभामा सबैभन्दा बढी भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्ग्रेस–आई)ले २१ सिट प्रतिनिधित्व गर्न सफल भएको छ भने नेशनल पिपुल्स पार्टीले १९ सिट प्राप्त गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले दुई र युनाइटेड डेमोक्रेटिक पार्टीले छ स्थान प्राप्त गर्न सफल भएको छ । यसले अवको सरकार दुई वा सोभन्दा बढी दलबीच हुने गठवन्धन सरकार बन्ने प्रष्ट देखिएको छ । – एएनआई