बाकु, १९ फागुन । अजरबैजानको राजधानी बाकुमा रहेको लागु औषध दुर्व्यसनी सुधार केन्द्रमा शुक्रबार भएको आगलागीमा परी २५ जनाको मृत्यु भएको छ ।
आगलागी नियन्त्रण गर्न र आगलागीमा परेकाहरुलाई उद्धार गर्न उद्धारकर्ताहरुलाई झण्डै तीन घण्टा लागेको समाचारमा जनाइएको छ ।
राष्ट्रपति इल्हाम अलियेभीले घटनाका बारेमा छानविन गरेर दोषीलाई कारबाही गर्न सिफारिस गर्न एक सरकारी आयोग गठन गर्नु भएको छ ।
उहाँले मृतकका परिवारजनलाई केही आर्थिक राहतको व्यवस्था गर्न पनि निर्देशन दिनु भएको अधिकारीले जनाएका छन् ।
“स्थानीय समय अनुसार विहान ६.१० मा आगलागी भएको यहाँको विपद् व्यवस्थापन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
जलेर गम्भीर घाइते भएकामध्ये चार जनालाई अस्पताल भर्ना गरिएको छ । – एएफपी















प्रतिक्रिया