२९ आश्विन २०८३, बिहिबार

पाकिस्तानलगायतका अन्य देशहरुमा पनि मनाइयो होली (फोटो फिचर)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तानका हिन्दु समुदायका मानिसहरु होलीमा एकअर्कालाई रंग दल्दै । तस्वीरः सिन्ह्वा

काठमाडौँ, १८ फागुन । होली पर्व विशेष रुपमा हिन्दुहरुको पर्व हो । हिन्दु धर्मावलम्बीहरुले विशेष धार्मिक किम्वदन्तीको सम्झना गर्दै यो पर्व मनाउँछन् । अन्य धर्म मान्ने मानिसहरुले भने यसलाई रमाइलोको रुपमा मात्रै मान्ने गर्छन् ।

होली विशेष गरी नेपाल र भारतमा बढि प्रख्यात छ । तर पछिल्लो सयम पाकिस्तान जस्तो कट्टर मुस्लिम देशमा पनि होली पर्व मनाउन थालिएको छ । पाकिस्तानमा रहेका केही हिन्दु धर्मावलम्बीहरुले यो वर्षको होली मनाएका हुन् । त्यस्तै बंगलादेशका हिन्दु धर्मावलम्बीहरुले पनि होली मनाएका छन् ।

होलीमा रमाउँदै पाकिस्तानकी एक बालिका । तस्वीर एपी
बंगलादेशमा हिन्दु धर्मावलम्बीहरु होली खेल्दै । तस्वीरः सिन्ह्वा
भारतमा होली पर्व मनाइदै । तस्वीर एएफपी
भारतमा दृष्टिविहिन बालबालिका होली पर्व मनाउँदै ।