२९ आश्विन २०८३, बिहिबार

दाङमा पहिलो पटक डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १८ फागुन । दाङमा पहिलो पटक डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा आएको छ ।

दाङको लमहीमा रहेको फ्लोरेन्स अस्पतालले ‘क’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । निजी क्षेत्रको लगानीमा सञ्चालन भएको अस्पतालले रु २० लाख खर्च गरेर एम्बुलेन्स सञ्चालन गरेको हो ।

एम्बुलेन्समा डाक्टरसहित इमर्जेन्सी औषधि, मुटुको चाल थाहा पाउने मेसिन, फोक्सोलाई दिइने कृत्रिम अक्सिजन, नेबुलाइजर, रक्तचाँप जाँच्ने व्यवस्थासहित सुविधा रहेको अस्पतालका डाक्टर पुष्प भुसालले जानकारी दिनुभयो ।

यसले गर्दा यहाँका बिरामीलाई सहज हुने बताइएको छ । सो एम्बुलेन्सको बिहीबार एम्बुलेन्स सञ्चालन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र सदस्य सचिव जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले निरीक्षण गरी एम्बुलेन्स सञ्चालनको स्वीकृति दिनुभएको हो । –रासस