७ कार्तिक २०८३, शनिबार

महाधिवेशनको माग गर्दै नेविसंघको काँग्रेसलाई ज्ञापनपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nebisangha-eakiकाठमाडौँ, २६ मंसिर । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको माग गर्दै विद्यार्थी नेताहरुले नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको केन्द्रीय समितिमा विद्यार्थी नेता नैनसिंह महरको नेतृत्वमा गएका विद्यार्थीले नेविसंघको गरिमालाई जोगाई राख्नका लागि महाधिवेशन आवश्यक भएको भन्दै उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

केन्द्रीय समितिको बैठकमा रहेका पार्टी महामन्त्री प्रकाशमान सिंहलाई लोकतान्त्रिक मान्यतालाई कायम राख्नका लागि पनि महाधिवेशन आवश्यक भएकाले ज्ञापन पत्र बुझाइएको विद्यार्थी नेता महरले जानकारी दिनुभयो ।

महाधिवेशनका कारण नेविसंघका विषयमा अन्तर्राष्ट्रियस्तरमा नै नकारात्मक सन्देश गएकाले त्यसतर्फ ध्यान दिन पनि नेतृत्व समक्ष माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउनका लागि उहाँहरुले प्रधानमन्त्री निवासको बाहिरपट्टी दुई घन्टा धर्ना दिएका थिए ।