७ कार्तिक २०८३, शनिबार

जनतालाई धोका हुन्न, माघ ८ मै संविधान आउँछः गच्छदार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bajaya-kumarविराटनगर,  २६ मंसिर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयमै नयाँ संविधान जारी हुने दाबी गर्नुभएको छ ।

विराटनगरमा पार्टीको भातृ संगठन मधेशी युवा फोरम लोकतान्त्रिकको पूर्वाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन  गर्दै उहाँले माघ ८ मै संविधान जारी गर्न प्रमुख राजनीतिक दलबीच सहमति भइसकेको खुलासा गर्नुभयो ।

नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र मधेसवादी दलबीच सहमति भइसकेको भन्दै कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्नुभयो ।

उहाँले दलहरुबीच सहमतिकै आधारमा संविधान जारी हुने पनि स्पष्ट पार्नुभयो ।

उहाँले अहिलेसम्म परिवर्तनका लागि गरिएका आन्दोलनलाई संस्थागत गर्न नसकेकै कारण मुलुकमा राजनीतिक अस्थिरता देखिएको भन्दै अब दलहरुले जनतालाई धोका दिन नहुने बताउनुभयो ।