प्रेममा सबैकुरा स्वीकार्य हुन्छ । प्रेममा उमेर वा अन्य कुराले खासै प्रभाव पार्न सक्दैन । समाजमा केही यस्ता उदाहरण भेटिन्छन्, जसले प्रेम साँच्चिकै अन्धो हुन्छ भन्ने पुष्टि गर्छ ।
घटना हो, चीनको लिआओनिङ प्रान्तको । यहाँ एक यस्तो अनौठो जोडी छ, जसको पतिपत्नीबीच ३२ वर्षको फरक छ । पत्नि भन्दा पति ३२ वर्ष कान्छा छन् ।
डेली मेलमा प्रकाशित समाचार अनुसार यो जोडीमध्ये पतिको उमेर ४२ वर्षको छ भने पत्नीको उमेर ७६ वर्ष छ । यिनीहरुले विवाह गरेको १८ वर्ष भैसक्यो । १८ औं वर्षगाँठ धुमधामसँग मनाउने उनीहरुको तयारी छ । यी युवकले आफू ८ वर्षको हुँदा देखि नै आफ्नी आमाको उमेरकी यी महिलालाई प्रेम गर्थे । यी मा युकिन नामकी महिला त्यतिबेलाकी चर्चित कलाकार थिइन् । बच्चा देखि नै आफ्नै सेलिब्रेटी आमा उमेरकी यी महिला मन पर्ने यी युवकले समाजले के भन्ला भन्ने कुरा वास्ता नगरी विवाह गरे ।
ली नामका यी युवकले बच्चा देखि नै आफ्नी आमाको उमेरकी महिलालाई प्रेम गर्थे र अन्टी भन्थे । जवानीमा जति सुन्दर युवती नजिकिन खोजेपनि लीलाई मन परेन बरु तिनै अन्टीलाई विवाह गरे । लीका आमा बाबुले यो सम्बन्धलाई जति गरेपनि टुटाउन सकेनन् ।















प्रतिक्रिया