७ कार्तिक २०८३, शनिबार

एमाले केन्द्रीय कमिटी बैठक: पोलिटव्युरो चयन मुख्य एजेण्डा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौं, २६ मंसिर । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक राजधानीमा आज पनि बस्दैछ ।

दिउँसो १ बजेबाट सुरु हुने बैठकमा पोलिट्ब्युरो समिति गठन पक्रियाका विषयमा छलफल हुँदैछ । बैठकमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेल सम्मिलित दुई सदस्यीय कार्यदलले पोलिटव्युरो गठनसम्बन्धी सुझाव प्रतिवेदन पेश गर्नेछ । कार्यदलले पार्टीका सबै पक्षलाई मान्य हुनेगरी विवाद समाधानको उपाय सुझाएर प्रतिवेदन बुझाएपछि केन्द्रीय समिति बैठक बस्ने एक नेताले बताए ।

एमालेको नवौं महाधिवेशनको सकिएको ५ महिना बित्दासमेत स्थायी समिति र पोलिटब्युरो गठन हुन् सकेको थिएन । संस्थापन पक्ष सबैलाई पोलिटव्युरो बन्न दिने गरी ढोका खोल्नुपर्ने पक्षमा छ भने शीर्ष नेता माधवकुमार नेपाल पक्ष एक कार्यकाल पूर्ण केन्द्रीय सदस्य भएकालाई पोलिटब्युरो सदस्य बनाउनु पर्ने अडानमा छ ।