नुवाकोट, २६ मंसिर । जन्ती गएका एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ ।
नुवाकोटको सामरीमा जन्ती गएका ५५ वर्षीय डम्वरवहादुर तामाङको भीरबाट खसेर ज्यान गएको नुवाकोट प्रहरीले जानकारी दिएको हो ।
मृत्यु हुने तामाङ कल्याणपुर गाविस–७ का बासिन्दा हुन् । उनी सामरी गाविस– ५ मा छिमेकीको जन्ती गएका
थिए ।
तामाङको शव शुक्रबार बिहान भीरमुनि फेला परेको हो । तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याएको छ ।















प्रतिक्रिया