सुर्खेत, २६ मंसिर । सुर्खेतका यातायात मजदूरहरुको अनिश्चितकालिन यातायात बन्दले यहाँको जनजीवन प्रभावित भएको छ ।
बढी यात्रु बोक्ने यात्रुवाहक सवारी साधानका चालक र मालिकलाई प्रहरीले सार्वजनिक मुद्धा चलाएपछि उनीहरुले निश्चितकालिन यातायात बन्दको घोषणा गरेका थिए ।
उक्त बन्द घोषणा कार्यक्रमलाई आज पनि जारी राखेपछि जनजीवन थप प्रभावित भएको हो ।
प्रहरी–प्रशासनले विना सूचना फसाउन खोजेको भन्दै नेपाल यातायात मजदूर संघ र अखिल नेपाल यातायात मजदूर संघले संयुक्तरुपमा बिहीबारदेखि यातायात बन्द गर्दै आएका छन् ।
प्रहरीले दर्ता गरेको मुद्दा फिर्ता लिनुपर्ने, थुनामा रहेका चालक, सह–चालक, कन्डेक्टर र मालिक विना शर्त रिहा नहुँन्जेललगायतका माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।
यता प्रहरीले भने गाडीका चालक तथा मालिकलाई कुनै हालतमा पनि रिहा नगर्ने अडान लिएको छ । सुर्खेत प्रहरीले थुनामा रहेका दोषीलाई कानुन बमोजिम कारवाही गरेरै छोड्ने अडान लिएको छ ।















प्रतिक्रिया