७ कार्तिक २०८३, शनिबार

राजारामको हत्या गर्ने नवोनारायण एघार वर्षपछि प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hathkadiगौशाला, २६ मंसिर । ज्यान मार्ने उद्योग गरी फरार रहेका एक अभियुक्तलाई महोत्तरी प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको इटहर्वाकट्टी गाविस–२ बस्ने ५१ वर्षीय नवोनारायण सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विसं २०६० चैतमा इटहर्वाकट्टी–२ स्थित सडकमा नवोनारायणसहितले स्थानीय राजाराम सिंहलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेर सोही बेलादेखि फरार रहँदै आएकामा उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।

घटनापछि भारतमा लुकेर बस्दै आएका सिंहलाई घर आएको सुराकीका आधारमा जानकारी पाएपछि  पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।