१ कार्तिक २०८३, शनिबार

निर्णय र सहमतिमा अडडिन नेताहरूलाई गाह्रो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neta-Haru-Meetingकाठमाडौं, २६ मंसिर । प्रमुख दलहरु संविधानका अन्तरवस्तुमा आआफ्नो अडानबाट लचक देखिएका छन् ।

कांग्रेस, एमाले, एमाओवादी र मधेशी दल पहिलेका अडानबाट लचक भई सहमतिको निकट पुगेको नेताहरुले बताएका छन् ।

प्रमुख चार राजनीतिक पक्षबीच भएको अनौपचारिक समझदारीबाट पछि नहटे छिटै सहमति हुने बिश्वास उनीहरुले गरेका छन् ।

माघ ८ नजिक आउदै गर्दा दलहरु पूर्व अडानबाट लचक भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सहमतिका लागि बिहीबार कांग्रेस, एमाओवादीबीच अनौपचारिक कुराकानी भएको छ ।

कांग्रेस, एमाले निर्वाचन प्रणालीबाट, एमाओवादी, मधेशी शासकीय स्वरुपमा लचक भएपछि संघीयताको संख्यामा उनीहरुबीच ठूलो मतभेद छैन ।

यसअघि कांग्रेस, एमालेले सात, एमाओवादी, मधेशीले १० प्रदेशको अडान राख्दै आएकोमा दुबै पक्ष बीचको बाटो खोज्न तयार भएका छन् ।

प्रदेशको नामाङन सम्बन्धित प्रदेशलाई जिम्मा दिनेमा दलहरुबीच खास बिवाद छैन ।

प्रदेशको सिमाङनका लागि आयोगलाई जिम्मा दिनेबारे दलहरुबीच छलफल जारी छ ।

एमाओवादी, मधेशीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको अडानमा लचकत देखाएको कांग्रेस, एमालेका नेताले जानकारी दिएका छन् ।

कांग्रेस, एमाले निर्वाचन प्रणाली समानुपातिक हुने लचकता देखाएपछि एमाओवादी, मधेशी शासकीय स्वरुपमा विचार गर्न सकिने बताएका छन् ।

एमाओवादीले प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री हुन नसके संसदीयभन्दा फरक देखिने विकल्प खोज्नु पर्ने धारणा छ ।

त्यसमा राष्ट्रपति र प्रधानमन्त्रीको शक्ति सन्तुलन मिलाउनु पर्ने उसको भनाइ छ ।

निर्वाचन प्रणाली र शासकीय स्वरुपको बिषय सहमतिका लागि दलहहरुबीच लेनदेन हुने संभावना छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले दलहरु पहिलेभन्दा लचिलो भएकाले सहमतिको संभावना बढेको बताए ।

एक महिना राजनीतिक गतिरोधका कारण संविधान निर्माणका बिषयमा दलहरुबीच संवादहीनता भएको अविश्वास बढेको थियो ।

संविधानसभाको संवाद समितिका सभापति एबं एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई दलहरु सहमतिका आधारमा संविधान निर्माण गर्न लागेको उल्लेख गर्दै त्यसले धेरै आशा जगाएको बताए ।