२९ आश्विन २०८३, बिहिबार

कोरियामा संकलित करिब ४ लाख रकम मृगौला पिडितलाई हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koirea

खेम कार्की
दक्षिण कोरिया । नेपाल योङ्ग स्टार फाउण्डेशनको संयोजकत्वमा दक्षिण कोरिया र विभिन्न देशमा रहेका युवाहरुले संकलन गरिएको रकम काभ्रेको शंखुपार्टीचौर–१ का २८ वर्षीय लक्ष्मण केसीको उपचारका लागि हस्तान्तरण गरिएको छ ।

दक्षिण कोरियाबाट फर्केका नेपालीहरुद्वारा सञ्चालित फाउण्डेशनको संयोजकत्वमा संकलित ३ लाख ७४ हजार ८ सय २४ रुपैँया मंगलबार सभासद रामहरि सुवेदी र काभ्रेका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन ।
आर्थिक अवस्था कमजोर भएका कारण केसीले लामो समयदेखि मृगौलाको उपचार गर्न सकेका थिएन ।

विरामीको आफन्तको सहयोगको आचनापछि कोरियामा संकलित रकम हस्तान्तरण गरिएको  फाउण्डेशनका अध्यक्ष यमप्रसाद श्रेष्ठले जानकारी दिए ।
दक्षिण कोरियामा नेपाल योंग स्टार ग्रुपको संयोजकत्वमा रकम संकलन भएको थियो  । उनलाई नेपाल योंग स्टार ग्रुप सहित  काभ्रे सम्पर्क समिति,गोविन्द गौतम,दिपक चापागाई,दक्षिण कोरियामा रहेका गणेश श्रेष्ठ , मितेरी समाज दुवई कतारबाट कुमार श्रेष्ठको पहलमा सहयोग संकलन भएको थियो ।
रकम संलकन गर्ने सम्पूर्ण नेपाली संघ संस्था, व्यक्ति  र सहयोग दाताहरुलाई फाउण्डेनका अध्यक्ष श्रेष्ठले आभार प्रकट गरे ।

विदेशमा रहेर आफूले दुःख गरेर आर्जेको रकमबाट दीन दुःखी र असहायहरुलाई सहयोग गर्नु राम्रो काम भएको भन्दै कार्यक्रममा उपस्थित सभासद् सुवेदी तथा प्रमुख जिल्ला अधिकारी न्यौपानले फाण्डेशनले गरेको कामको प्रसंसा गरेका थिए ।

कार्यक्रममा कोरियास्थित अनाथ असहाय संरक्षण कोषले मृगौंला पिडित केसीको बालकालिको शिक्षाका लागि सहयोग गर्ने भएका छन । फाउण्डेशनका सल्लाहकार तथा नेपाल कोरिया सांस्कृतिक मञ्चमा अध्यक्ष अक्कल लामाले केसीको एक जना बच्चाको शिक्षाको लागि मासिक दुई हजार रुपैँया सहयोग गर्ने प्रतिबद्धता जनाए ।

केसीका तीन बालबालिकाले विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगमा निःशुल्क रुपमा अध्ययन गर्न पाउने भएका छन। कार्यक्रममा अनाथ असहाय संरक्षण कोषका सदस्य दिपक चापागाँई, गाविस सचिव ध्रुर्वबहादुर श्रेष्ठ, आईसिडि नेपाल बनेपाका अध्यक्ष माधव श्रेष्ठलगायतले फाउण्डेशनको कामको बारेमा चर्चा गरेका थिए ।

मृगौला पिडित केसीले गहभरि आँशु झार्दै सहयोग आफ्नो उपचारको निम्ति सहयोग गर्नु हुने सबैलाई धन्यबाद प्रकट गर्नुभयो ।
बिगत चार बर्ष देखि कोरिया र नेपालमा यस संस्थाले निरन्तर रुपमा सामाजिक कार्यमा सक्रिय भुमिका निर्वाह गर्दै आइरहेको छ ।