२९ आश्विन २०८३, बिहिबार

बच्चालाई काम ज्वरोबाट यसरी बचाउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काम ज्वरो आयो भने बच्चाको हेरचाहमा गम्भीर भएर ध्यान दिनुपर्छ । सानो हेलचेक्राइले पनि ठूलो दुर्घना हुन सक्छ ।

– बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।

– जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने ।

– ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।

– आत्तिनु हुँदैन, आत्तिएमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।

– बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ ।

– बच्चाको मुखमा केही नघुसार्ने । केही चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ ।

– यो रोगको रोकथाम विधि भनेको ज्वरो आउनै नदिनु हो, जुन सम्भव छैन ।

– घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने ।