२८ आश्विन २०८३, बुधबार

निर्माता-निर्देशकको ‘प्रस्ताव’ अस्विकार गरेँ: दीपाशा बिसी, मोडल/नायिका (अन्तर्वार्ता)

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली मोडलिङ क्षेत्रमा चर्चामा आएकी मोडल हुन् दीपाशा बिसी । झेली, चाल, विरानो माया, रमिता लगायतका चलचित्रमा अभियन समेत गरेकी दीपाशाले थुप्रै म्युजिक अवार्ड हात पारिसकेकी छन् ।

सुर्खेत घर भइ विगत सात वर्षदेखि काठमाडौँमा वसोवास गर्दै आएकी दीपाशाले ६ सयभन्दा बढी गीतमा मोडलिङ गरिसकेकी छन् । आफ्नै कला र क्षमतामा बाँच्न रुचाउनले दीपाशाले निर्माता/निर्देशकबाट आएका ‘सेक्स अफर’ अस्विकार गरेको दाबी गर्छिन् ।

उनै मोडल तथा नायिका दीपाशा बिसीसँग दैनिक नेपालका लागि सपना प्याकुरेलले गरेको कुराकानी :

आजभोली केमा व्यस्त हुनुहुन्छ ?
स्टेज कार्यक्रममा व्यस्त छु ।

आजभोलि तपाई पर्दामा कम देखिनु हुन्छ, कता हराउनु भयो ?
पर्दामा कम देखिएको त हैन, म्युजिक भिडियोहरुमा काम गरिरहेको छु । मैले गरेको म्युजिक भिडियो हिजोआज टेलिभिजनहरुमा बज्न छोडेर युट्युवहरु आइरहेका छन् । मेरो नजरमा चाहीँ राम्रो गरेको जस्तो लागिरहेको छ । दर्शकलाई कम लाग्यो कि !

म्युजिक भिडियोमा धेरै अभिनय गर्नुभएको छ तर, चलचित्रहरु निकै कम गर्नुभएको छ किन? अफर आएनन् या तपाईंले गर्न चाहानु भएन ?
यस्तो होइन, अफर नआएका त होइनन् , कस्तो हुन्छ भने कतिपय क्यारेक्टर आफूलाई सुट गर्दैन भने कतिपय स्टोटीहरु आफूलाई मन पर्दैन अर्को कुरा चाहीँ म्युजिक भिडियोहरुमा आज काम गर्‍यो, भोली ईडिट गर्‍यो, पर्सी रिलिज भैहाल्छ । तर, फिल्म मा ६ महिना १ वर्षको ग्यापिङ राखिन्छ । म कलाकारिता क्षेत्रमा प्रवेश गरेको नै सात बर्ष पूरा भएर आठ बर्ष लागिसक्यो । फिल्म नगरेको त होइन तर, बिचमा ग्यापिङ भएको भएर त्यस्तो लागेको हुनुसक्छ ।

सात बर्ष कलाकारिता क्षेत्रमा काम गरिसक्नुभएको छ, पैसा त धेरै कमाउनु भएको होला काठमाडौंमा घर बनाउनु भयो त ?
(हाहाहा..) कलाकारिता क्षेत्रबाट कमाएर घर जग्गा किन्न कहाँ सकिन्छ र ? त्यो त सम्भव नै हुँदैन तर, कमाएको छु जिन्दगी चलिरहेको छ । काठमाडौंमा बसेर खान बस्नको लागि चाहीँ अपुग छैन । सबैभन्दा ठूलो कुरा भनेको आत्मसन्तुष्टि हो । म मेरो कमाईबाट सन्तुष्ट छु ।

तपाईलाई प्रेम प्रस्ताव कत्तिको आउछन् ?
मलाई प्रेम प्रस्ताव आउदैनन् भन्दा पनि हुन्छ । भ्यालेन्टाईन डे भर्खरै गयो आफ्नो फ्यानहरुले माया गर्छु, मन पराउछु भन्नु त सामान्य कुरा नै हो । तर, यो चोटी चाहीँ मलाई प्रेम प्रस्ताव आएन । हिजोआज त्यति प्रेम प्रस्ताव आएको छैन ।

तपाई रिलेशनसिपमा हुनुहुन्छ कि हुनुहुन्न ?
अहिले म रिलेशनसिपमा छैन, मन पराउछु माया गर्छु भन्ने त आउनुहुन्छ कतिपयलाई चाहीँ ठिक छ, तपाईं माया गर्नुहुन्छ मन पराउनुहुन्छ भने एक अर्काेलाई बुझ्ने समय त चाहिन्छ नि भन्ने कुरा गर्छु । तर, उहाँहरुले भन्नुहुन्छ कलाकारिता क्षेत्र छोड्देउ, मलाई यो क्षेत्र मन पर्दैन भन्ने जस्तो कुराहरु गर्नुहुन्छ । तर, मलाई मेरो निजी जीवनमा इन्टरफेयर गरेको मन पर्दैन । त्यस कारणले पनि होला म अहिले सिंगल नै छु ।

तपाईं को बिचार मा सेक्स के हो ?
प्रकृतिको नियम हो भन्ने लाग्छ ।

प्रेममा सेक्स आबश्यक छ कि छैन त?
मेरो विचारमा मायामा सेक्सको आवश्यक छैन । टिकाउ, योग्य र निस्वार्थ मायामा सेक्स आवश्यक छैन ।

उसो भए तपाईलाई सेक्सको अनुभव छ कि छैन त ?
(हा हा…) कतिपय कुरा जीवनमा पर्शनल भन्ने नि हुन्छन् । त्यसकारण यस विषयमा म केही बोल्न चाहान्न ।

यो क्षेत्रमा निर्देशक/निर्माताहरुबाट सेक्स अफर आउछ भन्छन् तपाइलाई पनि आए ?
मलाई यस्तो अफर धेरै आए, तर मैले अस्विकार गरेँ । मलाई शरीर बेचेर चर्चामा आउनु छैन । आफ्नै कला र क्षमतामा बाँच्न चाहान्छु ।

आगामी दिनमा के गर्ने सोचमा हुनुहुन्छ ?
स्टेज कार्यक्रमका लागि धेरै ठाउँ जानुछ । धेरै ठाउँ सम्झौता पनि भइसकेको छ । र, मेरो अब रमिता भन्ने फिल्म आउँदैछ । त्यसको प्रमोशनमा व्यस्त हुन्छु ।