३० आश्विन २०८३, शुक्रबार

छाँया सरकार ! काग्रेसलाई सत्ताकै धङधङ्गी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– वि.वि. श्रेष्ठ

तत्कालीन नेकपा माओवादीले ०५२ सालमा जनयुद्ध सुरु गर्दा जनसरकार वनाएको थियो । त्यो जनसरकार राज्य विरुद्धको ठूलो चुनौती थियो । राजसस्थाको अन्त्य र गणतन्त्रको माग सहित नेपालको आमुल परिवर्तनका लागि गरिएको जनयुद्ध कति सफल कति असफल ? यसका विविध आयामहरुको सुक्ष्म अध्ययन र अनुसन्धान समय चक्र सँगै हुनेछ नै । त्यसवेलामा माओवादीले संचालन गरेको जनसरकार राज्य विरुद्धकको थियो ।

राज्य विरुद्धको त्यो अभियानमा माओवादीले संचालन गरेको जनसरकारको निरन्तरता निश्चित समय सम्म का लागि मात्र रह्यो । माओवादी शान्ति सम्झौतामा आएपछि त्यो हराएर गयो । विश्वको ईतिहासमा पनि छाया सरकारको अवधारणा नरहेको होईन तर त्यो सरकारका गुण र दोष का आधारमा समर्थन र विरोधमा देखिन्छ । तर नेपालका कथित लोकतन्त्रका मसिहा सम्झने नेपाली काग्रेस सरकारको हरेक काममा भाँजो हाल्नका लागि छाँया सरकारको गठन का वहसमा रुमल्लिएको छ । यसको निहितार्थ भनेको वाम गठवन्धनका सरकारको काममा अवरोध सिर्जना गर्ने अभिप्रायले गरिएको मात्र हो ।

लामो समयसम्म सरकारमा रहेर राज्य संयन्त्रको चरम दोहन गरेको नेपाली काग्रेसको छाँया सरकारको अवधारणा सत्ताकै धङधङ्गी शिवाय केहि हुन सक्दैन । संघिय गणतन्त्रको सफल कार्यन्वयन पछि वन्न लागेको नेपालको सरकारलाई रोक्नका लागि ल्याईएको योजनाको मुल उद्येश्य सरकारलाई असफल वनाउनका लागि हो भन्ने वुझन का लागि गाह्रो छैन । स्थानिय सरकार, प्रदेश र संघिय सरकार को निर्वाचन पछि नेपाली काग्रेस जनतावाट वढारिएको छ । जुन नेपाली कागे्रसको नेताहरुवाट आएको अभिव्यक्तिवाट प्रष्ट हुन्छ । लामो समयसम्म सरकारमा रहेर पनि जनमत गुमाउनु र काग्रेसको कुनै पनि तहमा उपस्थिती नहुँदको अभिव्यक्ति नै हो छाँया सरकार । छाँया सरकार वनाएर पनि सरकार झै संचालन गर्ने भ्रममा रहेको नेपाली काग्रेस सत्ता वाहिर रहनुपर्दा पानी विनाको माछो झै छट्पटिन पुगेको छ ।

जुन विवादको सतह नेपाली काग्रेसको वैठकले पनि छताछुल्ल पारेको छ । नेतृत्वमा रहेर गुठको संरक्षण भन्दा अरु केहि गर्न नसकेको आरोप खेपेको सभापति देउवा चौतर्फी आलोचित वनेको छ । सत्ता र सरकारमा रहदाँ जनमुखी काम गर्न नसकेको देउवा सरकार कामचलाउ पछि भटाभट काम गरेर लोकप्रिय वन्न खोज्दा झन जनतामाझ नाङ्गिएको पाईन्छ । पटक पटक गरेर ४ चोटी प्रधानमन्त्री भईसकेका देउवा अनुभव विहिन भन्दा पनि देश र जनताप्रति अनुदार रहेको पाईन्छ । राष्ट्रिय महत्व वोकको विषय होस वा नेपालमा भएको भारतिय नाकावन्दीमा समेत नाकावन्दी नभनेर भारतको गुलामी गरेको देउवा र नेपाली काग्रेसका मन्त्रीहरुको अभिव्यक्तिले नेपाली काग्रेसका साख गिरेको यथार्थता कसैको सामु लुकेको छैन । छाँया सरकार के का लागि ?

सरकारले गरेका नराम्रा कामका विरोध गर्नका लागि प्रतिपक्ष दलको हैसियतले खवरदारी गर्न पाईनै संवैधानिक हैसियत रहदाँ रहदै छाँया सरकार गठन गर्ने अभिप्रायले नेपाली काग्रेस सरकार र सत्ता वाहिर वस्न सक्दैन भन्ने कुराको औचित्य सावित गरेको छ । जुन निर्णयले नेपाली काग्रेसको ओझ वढ्ने होईन झन जनतामा नाङ्गिन पुग्ने कुरामा कुनै दुविधा रहदैन । सरकारले गरेको काम कारवाहीको अनुगमन, मुल्याङ्कन र खवरदारी गर्नका लागी हिजो आफुमा सरकारमा रहदाँ यस्ता यस्ता काम राम्रा र जनमुखी गरिएको थियो । आज किन भएन भन्ने नैतिक धरातल हुनुपर्दछ । तर त्यसो भन्ने नैतिक धरातल नेपाली काग्रेसले गुमाईसकेको छ । सत्तामा रहदाँ केहि पनि नगर्ने अनि कामचलाउन वनेपछि वुद्धभत्ता वढाउने निर्णय गरेर झन देउवाले आफनो असक्षमता प्रकट गरेका छन् ।

छाँया सरकारको अवधारणा र प्रयोग विश्वको अन्य मुलुकहरुमा समेत पाईन्छ । तर नेपालको छाँया सरकार र विदेशका छाँया सरकारको वीचमा अन्तर पाईन्छ । विदेशमा छाँया सरकार देश र जनताप्रति उत्तरदायि रहन्छ । सरकारको राम्रो काममा समर्थन र नराम्रो काममा खवरदारी गरेको हुन्छ । तर नेपालको सन्दर्भमा वन्ने र काग्रेसका अभिष्ट भनेको सरकारले जनताको पक्षमा काम गर्ला र थप लोकप्रिय वन्ला भन्ने डरले गठन गर्न खोजिएको हो । जुन कार्यले झन् नेपाली काग्रेसको छवि धुलिसात शिवाय केहि गर्देन । जनता नेपाली काग्रेसलाई कुनै पनि एउटा विषयको गल्तीले मात्र घृणा गरेको होईन । विगतमा सरकार र नेताका कमजोरीका कारण गरेका हुन् । यसमा धेरै कारणहरु जोडिएका छन् भन्ने कुरा समान्य हेक्का समेत राख्न नसक्नु भनेको अल्पदृष्टि शिवाय केहि हुन सक्दैन । यसको पछिल्लो उदारहण भनेको काग्रेसको केन्द्रिय कमिटीमा वरिष्ट नेता रामचन्द्र पौडेलको ४ पत्रे नोट अफ डिसेन्टले समेत पुष्टि गरेको छ ।

सरकार र राजनैतिक पार्टीको मुख्य दायित्व र जिम्मेवारी के हो भन्ने कुराको हेक्का समेत राख्न नसक्ने पार्टी र नेतागणहरु जनताले पटक पटक माफ दिदैनन भन्ने कुरा वुझन जरुरी छ । संस्थागत भन्दा पनि व्यक्तिगत र गुठीय राजनितीमा नेपालको राजनिती अभ्यस्त वनेको सन्दर्भमा नेपाली काग्रेसको पराजयवाट सवैले पाठ सिक्नुपर्नेछ । छाँया सरकारको गठनले केहि व्यक्तिलाइ छाँया प्रधानमन्त्री, छाँया मन्त्रीको जिम्मेवारी दिएता पनि त्योे आत्माघाती शिवाय केहि हुन सक्दैन । जसले पार्टीको छवि झन् धुमिल वनाउदछ । काग्रेस सत्ता र सरकार विना वाँच्न सक्दैन भन्ने आरोपलाई थप पुष्टि गर्दछ ।

सत्ता र सरकारमा रहदाँ जनमुखि काम गर्न नसकेको नेपाली काग्रेसले छाँया सरकार वनाएर देश र जनताका लागि के योगदान गर्ला ? आत्मारतिमा रमाउनका लागि गरिने निर्णयले झन नेपाली काग्रेस जनतामाझ नाङ्गिने शिवाय केहि हुन सक्दैन । छापामार र जनयुद्धमा समेत छाँया सरकार थियो भनेर अभिव्यक्ति दिने हो भने जंगल गएर छायाँ सरकार गठन गर्न उपयुक्त हुन्छ । जनताले तिरेको करवाट विलासी जीवनयापन गर्ने, खुल्ला र लोकतन्त्रको दुहाई दिने नेपाली कागे्रसले सत्ताको त्यो छाँयावाट मुक्त भएर जनतामा जानु नै उपयुक्त हुनेछ । जनताको जनमनमा रहेर यो अवधिमा जनताप्रति सर्मपित रहने हो भने भोलिको भविश्य उज्जल नै देखिन्छ । आत्मरति का लागी वहकिएर लोक हसाउने काम छाँया सरकारका प्रधानमन्त्री, मन्त्री वन्ने उद्येश्य राख्ने हो भने अर्को चुनावमा झन कमजोर हुने कुरामा कुनै शंका छैन । वेलामा नै चेतना भया !