७ कार्तिक २०८३, शनिबार

दलितले पानी खाएको बहानामा धारा नै लुकाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २५ मंसिर । समाजका कथित उपल्लो जातका भनिएका व्यक्तिहरूले दलितले पानी खाएको बहानामा सार्वजनिक पानीको चापाकलको धारा खोलेर लुकाई दिएपछि पर्साको एक गाउँमा खानेपानीको हाहाकार भएको छ ।

जिल्लाको बैरियाबिर्ता गाविस–५ नौतजका स्थानीय उपल्लो जात भनिएका केही व्यक्तिले सोही ठाउँमा रहेको धारा खोलेर लगेपछि सो ठाउँका दलितलगायतका स्थानीय खानेपानीको सुविधाबाट वञ्चित भएका हुन् ।

मङ्सिर ८ गते सोही ठाउँका स्थानीय लक्ष्मी राउत डोमले धाराको पानी खाएको भन्दै स्थानीय केही व्यक्तिले धारा खोलेर लगेपछि खानेपानीको अभाव भएको स्थानीयले बताएका छन् ।

सो स्थानमा रहेको मठमा राखिएको सार्वजनिक चापाकलको पानी आफूले खाएको भन्दै स्थानीय बह्मदेव यादव, चोकट यादवलगायतले आफूहरूलाई धम्कीसमेत दिएको पीडित डोमले बताउनुभयो ।

पानी खाएकै कारण आफूलाई उनीहरूले दण्डित गर्ने प्रयास गरेको भए पनि आफूले  कुनै पनि हालतमा कुनै जरिवाना नतिर्ने अडान लिएपछि धारा नै खोलेर लगेको पीडित डोमको भनाइ छ ।

पीडित डोमका अनुसार कथित उपल्लो जातको भनिएका व्यक्तिले सार्वजनिक धारा खोलेर लगेपछि आफूसहित केही स्थानीय नदीको दूषित पानी पिउन बाध्य भएको हो ।

आफू त्यहीँ धाराको पानीमा आश्रित रहेकामा एक्कासि धारा खोलिदिएपछि आफू पनि मारमा परेको भन्दै सोही ठाउँका नाजा सहनीले पटक–पटक धारा जडान गरिदिन  आग्रह गरे पनि सुनुवाइ नभएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा उनीहरूविरुद्ध उजुरी दिएको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक अनिल घिमिरेले आफूले धारा जडान गर्न निर्देशन दिइसकेको र तत्काल धारा जडान हुने जानकारी दिनुभयो ।