काठमाडौं, २५ मंसिर । रीतु महासेठको हत्या अभियोगमा प्रहरीले धनुषा तुसलीयाही जगदीका विमलेशप्रसाद यादवलाई पक्राउ परेको छ ।
यादवले महासेठको हत्या गरेको स्वीकार गरिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी परिष्ठ उपरीक्षक उत्तमकुमार कार्कीले बताए ।
महासेठको अनामनगर धोबीखोला नजिकै २० मंसिरमा हत्या भएको थियो ।
अनामनगर धोबीखोला नजिकै पे्रmन्डस एन्ड फ्यामिली छात्रा होस्टेलमा बस्थिन् । सोही होस्टेल बाहिर महासेठलाई छुरा प्रहार भएको थियो ।
महासेठलाई तत्काल काठमाडौं मेडिकल कलेज लगिएको थियो । त्यहाँ उपचार असंभव भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उनको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी घटनाका विषयमा जानकारी दिएको हो ।















प्रतिक्रिया