काठमाडौं, २४ मंसिर । फेसबुकबाट मायाजालमा परेकी एक युवतीको आफ्नै प्रेमीबाट ज्यान गएको छ ।
गोरखा थालाजुङ गाविस–९ की २३ वर्षीया रीता गुरुङलाई आफ्नै प्रेमीले हत्या गरेका हुन् । मंगलबार राति नुवाकोटको सुनखानी गाविस–७ छहरे–टोखा सडकखण्ड नजिकै चाँपे वनमा हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा गणेशस्थान गाविस–४ का २५ वर्षीया अजय ढकाललाई स्थानीयको सहयोगमा प्रहरीले गएराति नै पक्राउ गरेको छ ।
काठमाडाँै बस्दै आएकी गुरुङलाई मंगलबार साँझ ढकालले मोटरसाकइलमा सुनखानीको जङ्गलमा लगेर हत्या गरेको प्रहरीले जनाएको छ । ढकाललाई बा६४प २२३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।फेसबुकबाट भेटिएका उनीहरु केही समय यता माया प्रेममा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
















प्रतिक्रिया