१४ कार्तिक २०८३, शनिबार

एमालेलाई ३ र माओवादीलाई २ महत्वपूर्ण मन्त्रालय

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । प्रारम्भिक समझदारीअनुसार एमालेले तीन र माओवादीले दुईवटा महत्वपूर्ण मन्त्रालय लिने गरी प्रारम्भिक समझदारी गरेका हुन् ।

एमालेको भागमा अर्थ तथा योजना, परराष्ट्र र रक्षा तथा माओवादीको भागमा गृह, जलस्रोत तथा ऊर्जा मन्त्रालय परेको छ ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टीका हेभिवेट नेताहरूलाई व्यवस्थापन गर्न असहज देखिएको भन्दै अर्थ र गृह मन्त्रालय एमालेलाई दिने गरी समझदारीमा आउन प्रचण्डलाई आग्रह गरेका थिए ।

महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवालीलाई दिइने जिम्मेवारी व्यवस्थापनका लागि प्रधानमन्त्रीले त्यस्तो प्रस्ताव गरे पनि महत्वपूर्ण दुवै मन्त्रालय एमालेले राख्दा नेताहरूलाई मनाउन नसकिने भन्दै प्रचण्डले अस्वीकार गरेका थिए ।